पोखरा, १५ जेठ । मर्दी खोलाको ड्याममा पौडी खेल्नेक्रममा आज बिहीबार दिउँसो दुई बालकको मृत्यु भएको छ । पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा आज दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालक मृत भेटिएका हुन् ।
पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याम, जहाँ पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालक मृत भेटिएका छन् । तस्विर साभार
मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियार रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, कास्कीका नायव उपरीक्षक एव सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
दुवै जनाको शव बिहीबार दिउँसो सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ । ज्यान गुमाउनेमा माछापुच्छ्रे गाउँपालिका–६ का १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार छन् ।
विशाल र विवश साथीहरुसँग दिउँसो पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।