
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
यो मुद्दाले नेपालको न्यायप्रणाली, राजनीतिक हस्तक्षेप र पीडितको न्यायप्रति विश्वासमाथि प्रश्न चिन्ह खडा गरेको छ । आलम पुनः राजनीतिमा सक्रिय हुने अवस्थासँगैं पीडित परिवारजनहरुमा झनैं सन्त्रास छाएको छ ।
रौतहट, १५ जेठ । जिउँदै मानिसलाई इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा जिल्ला अदालतले जन्मकैद सुनाएका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरले बुधबार सफाइ दिएको छ ।
जिल्ला अदालतको फैसलालाई अन्यायपूर्ण ठानी उच्च अदालतमा अपील गरेका आलमलाई न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले सफाइ दिने निर्णय गरेपछि उनी ललितपुरको नक्खु जेलबाट आलम बुधबार साँझ रिहा भएका छन् ।
२०६४ चैत २७ गते संविधानसभा निर्वाचन (रौतहट–२) अघिल्लो दिन, कांग्रेस नेता आलमको निर्देशनमा चुनावमा बम बिष्फोट गराएर विपक्षी र मतदातालाई तर्साउँदैं वुथ नै कब्जा गर्ने उद्देश्यले बम बनाउन लगाएका थिए । त्यहीं क्रममा केही व्यक्तिले राजपुर नगरपालिका वडा नं. २ मा रहेको आलमको काकाको घरमा बम बनाउनेदेखि त्यसलाई ओसार्ने काम गरिरहेका थिए ।
सोही क्रममा दुर्घटनावश बम बनाउने ठाउँमा नै पड्के पछि दुई नेपाली युवा त्रिलोकप्रताप सिंह “पिन्टु“ र ओसी अख्तर सहित २० जना भारतीय नागरिक घाईते भएका थिए । आलमले घटना बाहिर नआओस् भनेर घाइतेहरूलाई बेहोस पारेर ट्रयाक्टरमा राखी इँटाभट्टामा हालेर जलाएका थिए ।
रौतहटको राजपुरमा भएको यस घटनामा संलग्न रहेको भन्दैं कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पाँचवर्ष अघि देखि नै आलमलाई छुटाउने आश्वासन दिदैं आईरहेका थिए । यस्तो अवस्थामा कांग्रेससँग राजनीतिक सम्बन्ध रहेको आरोप लागेका न्यायाधीश खुसीप्रसाद थारुसहितको इजलासले कांग्रेस नेता अफताब आलमलाई सफाई दिएको हो । न्यायाधीश थारुले यसअघि भ्रष्टाचारमा संलग्न नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पनि सफाइ दिएका थिए ।
उच्च अदालतले बम विस्फोटको ठोस प्रमाण नभएको, घाइतेहरू इँटाभट्टामा जलाइएको विश्वसनीय सबुत नपुगेको र फरेंसिक रिपोर्टले पनि हत्या पुष्टि गर्न नसकेको भन्दैं कांग्रेस नेता अफताब आलमलाई सफाई दिएको थियो ।
यस घटनाले पीडित परिवारले यो फैसला न्यायको हत्या भन्दैं आलोचना गरेका छन् । इँटाभट्टामा जलाईएका पिन्टुका बुबा श्रीनारायण सिंहले उच्च अदालतले न्याय दिन असफल भएको र अब सर्वोच्च अदालतमा जाने बताएका छन् ।
यसअघि विस्फोटको घटनामा मारिएका ओसि अख्तरकी आमा रुक्सानको समेत प्रमाण लुकाउनका लागि गोली हानी हत्या गरिएको थियो । २०६७ माघ ८ गते माईतीबाट आफ्नो घर सरुअठा आउँदै गर्दा अज्ञात समूहले रुक्सानाको गोली हानी हत्या गरेका थिए । रुक्साना हत्याको घटनावारे ओपन सेक्रेट हुँदा हुँदैं पनि प्रहरीले आजसम्म केही गर्न सकेको छैन ।
यो मुद्दाले नेपालको न्यायप्रणाली, राजनीतिक हस्तक्षेप र पीडितको न्यायप्रति ‘विश्वासमाथि प्रश्न चिन्ह’ खडा गरेको छ । आलम पुनः राजनीतिमा सक्रिय हुने अवस्थासँगैं पीडित परिवारजनहरुमा झनैं सन्त्रास छाएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर