
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
देशभरका ३० हजार भन्दा बढि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकवतावद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानाध्यापक संघ नेपाल (पान) गठन
पोखरा, १० जेठ । प्रधानाध्यापक संघ नेपाल (पान) को दोस्रो सम्मेलन पोखरामा यहीं जेठ २३ र २४ गते हुने भएको छ । प्रिन्सिपल एशोशियसन अफ नेपाल (पान) नेपालभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको साझा संगठन हो ।
पोखरामा आज शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रत्येक वर्ष फरक फरक प्रदेशमा आयोजना गरिने राष्ट्रिय सम्मेलन यसपटक पोखरामा आयोजना हुन लागेको केन्द्रीय अध्यक्ष सुदमप्रसाद गौतमले जानकारी दिए । देशभरका ३० हजार भन्दा बढि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकवतावद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो संस्था गठन गरिएको केन्द्रीय अध्यक्ष गौतमको भनाई थियो ।
प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको एक गैरराजनीतिक र गैरनाफामूलक संस्था हो । प्रधानाध्यापकहरुको पेसागत क्षमता अभिवृद्धि गर्ने, शिक्षा क्षेत्रमा नीतिगत वकालत गर्ने र विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य यस संस्थाले राखेको छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको पेसागत, शैक्षिक, प्राज्ञिक विकासका लागि पानले सबै खाले विद्यालयहरुको कार्यसम्पादन र प्रधानाध्यापकहरुको कुशल नेतृत्व सीप विकासका लागि नेतृत्वदायी भूमिका खेल्दैं आईरहेको छ ।
विद्यालय प्रशासन, व्यवस्थापन, नीति सुझाव, तालिम तथा विभिन्न शैक्षिक गतिविधिहरुको समन्वय गर्दै शिक्षा क्षेत्रको विकासका लागि एसोसिएनले निरन्तर पहल गरिरहेको छ । यसले प्रधानाध्यापकहरुको पेसागत क्षमता अभिवृद्धि गर्ने, शिक्षा क्षेत्रमा नीतिगत परिवर्तनको वकालत गर्ने र विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
पोखरामा हुने राष्ट्रिय सम्मेलनमा एकहजार प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुखहरु, विदेशी प्रतिनिधिहरु लगायतका नीति निर्माताहरुको सहभागिता रहने पानका केन्द्रीय अध्यक्ष गौतमले जानकारी दिए ।
प्यानले ”प्यान अवार्ड २०८२” मा प्रत्येक प्रदेशबाट एक एक आधारभूत र माध्यमक तहका उत्कृष्ट विद्यालय, प्रत्येक प्रदेशबाट एक एकजना आधारभूत र माध्यमिक तहका प्रधानाध्यापक, प्रत्येक प्रदेशबाट एक एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, मुलुकभरबाट एक उत्कृष्ट महानगरपालिका वा उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।
साथै प्यान अवार्डमा प्रत्येक प्रदेशबाट एक वाहलवाला दीर्घसेवी प्रधानाध्यापकलाई सम्मानित गर्ने गत वर्षको अभ्यासलाई दोहोर्याउने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मान पाउन योग्य भनि छनौंट भईसकेका प्रतिस्पर्धीहरुलाई शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला लगायतको नेतृत्वले निष्पक्ष, स्वतन्त्र र मापदण्डमा आधारित रहेर छनौंट गरिएको केन्द्रीय अध्यक्ष गौतमले बताए ।
छनौंट समितिले देशभरिका विद्यालय, पालिका तथा प्रधानाध्यापकहरुबाट अफलाइन आवेदन, प्राप्त सिफारिस तथा समितिले संकलन गरेका विवरणहरुलाई आधार बनाई २५ वटा मापदण्डमा आधारित रहेर निर्णय गरेको हो ।
प्यान सञ्चालित कार्यक्रमहरुले प्रधानाध्यापकहरुलाई आत्मविश्वासी बनाउने, नेतृत्वमा नविन दृष्टिकोण ल्याउने र सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको पानका केन्द्रीय अध्यक्ष गौतमको भनाई थियो ।
पनले विभिन्न जिल्लाका प्रधानाध्यापकहरुलाई एकतावद्ध गरी शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरेको छ । यसले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरी विद्यालयहरुको क्षमता विकास गर्ने कार्यक्रमहरु सञ्चालन गरेको छ ।
पानका प्रतिनिधिहरु अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै आएका छन् । पानले भविष्यमा विद्यालयहरु बिचको असमानता कम गर्ने, शिक्षक र प्रधानाध्यापकहरुको क्षमता विकास गर्ने र शिक्षा क्षेत्रमा नविनतम प्रविधि समावेश गर्ने लक्ष्य राखेको छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक उत्कृष्टतालाई बढवा दिने योजना बनाएको छ ।
प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)ले नेपालको शिक्षा क्षेत्रमा प्रधानाध्यापकहरुको भूमिका महत्वपूर्ण बनाउने, शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउने दिशामा ठुलो योगदान दिइरहेको छ । यसले गैराराजनीतिक र गैरनाफामूलक संस्थाको रुपमा काम गर्दै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन प्रतिवद्ध रहेको गण्डकी प्रदेशका अध्यक्ष वामदेव पौड्यालले बताए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद