
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर”, पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ। गाउँमा सांस्कृतिक एवम् पर्यटकीय जागरण भित्रिएको छ।
काठमाडौं, ७ जेठ । जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’।
तीन दशकदेखि पत्रकारितामा सक्रिय पर्यटन पत्रकार अमृत भादगाउँलेको निर्देशनमा निर्माण गरिएको वृत्तचित्र मङ्गलबार काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा प्रथम प्रदर्शन गरियो ।
प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए। उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे।
समातामुलक समाज निर्माण अभियानमा समर्पित मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यतामा भएको प्रदर्शन कार्यक्रममा अन्सारीसहित वृत्तचित्रका निर्देशक भादगाउँले, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, लेखक शेखर खरेल, चलचित्र निर्देशक रवि सायमि र समाजसेवी पुनले सम्बोधन गरेका थिए।
यस वृत्तचित्रले सकारात्मक सन्देश प्रवाह गरेको उनीहरूले प्रतिक्रिया दिए। पुनले आफ्नो माटोको विकास र आफ्नो संस्कृतिको संरक्षणमा पुर्याएको योगदान अनुकरणीय छ।
‘आफ्नो पहिचानको संरक्षण गर्दै समाजलाई उज्यालो बाटोमा हिँडाउन सफल चामबहादुर दाइको जीवनकथा प्रेरणादायी छ’, कार्यक्रममा अन्सारीले भनिन्, ‘जन्मथलोको विकासमा उहाँले गर्नु भएको सुकर्म वृत्तचित्रमा हेर्न पाउँदा सकारात्मक ऊर्जा बढ्यो।’
पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ। गाउँमा सांस्कृतिक एवम् पर्यटकीय जागरण भित्रिएको छ।
‘एउटा सिँगो गन्तव्यको विकासमा एउटा व्यक्तिले पु¥याएको योगदान प्रशंसनीय छ’, पर्यटन बोर्डका सिइओ जोशीले भने, ‘हामी करबाकेली इको ट्रेकको प्रवर्द्धनमा हातेमालो गर्नेछौं।’
राधा पुनले निर्माण गरेको वृत्तचित्र १७ मिनेट लामो छ। यसमा लाहुरे चामबहादुर पुनको जीवनका आरोह, अवरोह र सुकर्म समेटिएको छ। पर्यटन पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको वृत्तचित्रका सिनेम्याटोग्राफर भवानी शिलाकार, दृश्य सम्पादक सुदीप श्रेष्ठ र व्याकग्राउन्ड सङ्गीतकार जी. पुन हुन्।
को हुन् चामबहादुर ?
समाजसेवी चामबहादुर पुनले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने करबाकेली क्षेत्रको विकासमा दुई दशकभन्दा लामो समयदेखि योगदान पुर्याउँदैं आएका छन्। त्यहाँको काफलडाँडामा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर आदि बनाइएका छन् । त्यति मात्र होइन, पुनहिलदेखि करबाकेली थान भएर बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेकका रुपमा ब्रान्डिङ गरिएको छ ।
पुन समुदायको पहिचानसँग जोडिएका यी सबै कामको नेतृत्व चामबहादुरले नै गरेका हुन्। उनको अगुवाईमा स्थानीयको सहयोगमा सबै काम भएका हुन्।
समाजसेवी पुनले जीवनका उर्बर १५ वर्ष बेलायती सेनामा विताए। त्यसपछि सेकेन्ड करियरका रुपमा १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे। ब्रुनाईबाट फर्केपछि उनी जन्मथलो करबाकेली क्षेत्रलाई उज्यालो बनाउने अभियानमा खटिएका छन्।
रिटायर्ड लाइफलमा एउटा लाहुरेले समाजका लागि पुर्याएको योगदान प्रेरणादायी छ।

१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई