
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
५युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
६महान्यायाधिवक्ताको विवादास्पद निर्णय
७नेपाली काँग्रेसको सभापतिमा गगन थापा
८तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
९पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१०राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर”, पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ। गाउँमा सांस्कृतिक एवम् पर्यटकीय जागरण भित्रिएको छ।
काठमाडौं, ७ जेठ । जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’।
तीन दशकदेखि पत्रकारितामा सक्रिय पर्यटन पत्रकार अमृत भादगाउँलेको निर्देशनमा निर्माण गरिएको वृत्तचित्र मङ्गलबार काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा प्रथम प्रदर्शन गरियो ।
प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए। उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे।
समातामुलक समाज निर्माण अभियानमा समर्पित मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यतामा भएको प्रदर्शन कार्यक्रममा अन्सारीसहित वृत्तचित्रका निर्देशक भादगाउँले, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, लेखक शेखर खरेल, चलचित्र निर्देशक रवि सायमि र समाजसेवी पुनले सम्बोधन गरेका थिए।
यस वृत्तचित्रले सकारात्मक सन्देश प्रवाह गरेको उनीहरूले प्रतिक्रिया दिए। पुनले आफ्नो माटोको विकास र आफ्नो संस्कृतिको संरक्षणमा पुर्याएको योगदान अनुकरणीय छ।
‘आफ्नो पहिचानको संरक्षण गर्दै समाजलाई उज्यालो बाटोमा हिँडाउन सफल चामबहादुर दाइको जीवनकथा प्रेरणादायी छ’, कार्यक्रममा अन्सारीले भनिन्, ‘जन्मथलोको विकासमा उहाँले गर्नु भएको सुकर्म वृत्तचित्रमा हेर्न पाउँदा सकारात्मक ऊर्जा बढ्यो।’
पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ। गाउँमा सांस्कृतिक एवम् पर्यटकीय जागरण भित्रिएको छ।
‘एउटा सिँगो गन्तव्यको विकासमा एउटा व्यक्तिले पु¥याएको योगदान प्रशंसनीय छ’, पर्यटन बोर्डका सिइओ जोशीले भने, ‘हामी करबाकेली इको ट्रेकको प्रवर्द्धनमा हातेमालो गर्नेछौं।’
राधा पुनले निर्माण गरेको वृत्तचित्र १७ मिनेट लामो छ। यसमा लाहुरे चामबहादुर पुनको जीवनका आरोह, अवरोह र सुकर्म समेटिएको छ। पर्यटन पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको वृत्तचित्रका सिनेम्याटोग्राफर भवानी शिलाकार, दृश्य सम्पादक सुदीप श्रेष्ठ र व्याकग्राउन्ड सङ्गीतकार जी. पुन हुन्।
को हुन् चामबहादुर ?
समाजसेवी चामबहादुर पुनले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने करबाकेली क्षेत्रको विकासमा दुई दशकभन्दा लामो समयदेखि योगदान पुर्याउँदैं आएका छन्। त्यहाँको काफलडाँडामा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर आदि बनाइएका छन् । त्यति मात्र होइन, पुनहिलदेखि करबाकेली थान भएर बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेकका रुपमा ब्रान्डिङ गरिएको छ ।
पुन समुदायको पहिचानसँग जोडिएका यी सबै कामको नेतृत्व चामबहादुरले नै गरेका हुन्। उनको अगुवाईमा स्थानीयको सहयोगमा सबै काम भएका हुन्।
समाजसेवी पुनले जीवनका उर्बर १५ वर्ष बेलायती सेनामा विताए। त्यसपछि सेकेन्ड करियरका रुपमा १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे। ब्रुनाईबाट फर्केपछि उनी जन्मथलो करबाकेली क्षेत्रलाई उज्यालो बनाउने अभियानमा खटिएका छन्।
रिटायर्ड लाइफलमा एउटा लाहुरेले समाजका लागि पुर्याएको योगदान प्रेरणादायी छ।

१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर