News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पोखरा आसपास भूकम्पको धक्का महसुस

पोखरा, ६ जेठ । पोखरामा सिसुवालाई केन्द्र बनाउँदैं ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । पोखरा आसपासको क्षेत्रमा आज मंगलबार दिउँसो १ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार पोखरा आसपास कम्पन महसुस भएको हो। कम्पन छोटो समयमात्र महसुस गरिएको थियो ।

भूकम्पको केन्द्र कास्कीको सिसुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।