
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
सिबी अधिकारी
काठमाडौँ । कोभिड–१९ महामारीका बीचसगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ ।
यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उहाँको आरोहण दलका नेपाल र विदेशी सदस्य आज अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज अमादब्लम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्वीर खिंचाउँदै आरोहणमा उत्साह प्रदान गर्नुभएको छ । उहाँले १४ पटक सगरमाथा आरोहण गर्ने क्यान्टनसँग अमादब्लमको आधार शिविरमा भेट हुँदा खुशी लागेको बताउनुभएको छ ।
पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,“बेलायती नागरिक क्यान्टनसहित आरोहण दलका नेपाली तथा विदेशी सदस्यहरुसँग अमादब्लम हिमालको आरोहणका क्रममा आधार शिविरमा भेट हुँदा खुशी लाग्यो । कोभिड– १९ का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ । सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढौँ ।”
पर्वतारोहण विषयमा जानकार नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पा संसारकै सुन्दर हिमाल अमादब्लम आरोहणमा खासगरी विदेशीको आकर्षण बढ्दो रहेको बताउनुहुन्छ । “अमादब्लम हिमाल पहिला सगरमाथाभन्दा पनि चर्चित थियो । विदेशीले यो हिमाल आरोहण गरेका छन्”, उहाँले भन्नुभयो । शेर्पाका अनुसार शरद तथा आरोहणका लागि चर्चित वसन्त ऋतुमा धेरै विदेशी आरोही अमादब्लम आरोहणका लागि आउने गरेका छन् । पछिल्ला वर्ष धेरै स्वदेशी आरोहीले अमादब्लम चढेका छन् । हालसम्म कति सङ्ख्यामा आरोहण भयो भन्ने यकिन विवरण छैन ।
वसन्तमा सगरमाथा, कञ्चनजङ्घा, मकालु, अन्नपूर्ण, ल्होत्सेलगायत हिमाल आरोहणमा आरोहीको ओइरो लाग्ने गरेको छ । शरद् ऋतुमा साना चुचुरा चढ्न र पदयात्राका लागि धेरै विदेशी आउँछन् ।
यसअघि कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले ६ हजार ८१४ मिटरको अमादब्लम हिमालको सफल आरोहण गर्नुभएको थियो । राजकुमार अब्दुल्लासहित १४ सदस्यीय टोलीले आमादब्लमको शिखर चुमेको हो । उक्त टोलीमा ६ विदेशी आरोही सदस्य थिए ।
कतारी राजकुमारसहितको आरोही टोलीलाई कात्तिक २९ गते पर्यटनमन्त्रीले बधाइ तथा मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभएको थियो । सो क्रममा राजकुमार अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्यताले आफू मोहित भएको जनाउँदै आगामी दिनमा पनि नेपाल भ्रमणमा आउने वाचा गर्नुभएको थियो ।
त्यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली ८ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।
कोभिड –१९ का कारण शिथिल मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले विदेशी विशिष्ट व्यक्ति तथा स्वदेशी आरोहीबाट भइरहेका आरोहण र पदयात्राले थप उत्साह जगाएको छ । यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव गरेको सरकार तथा व्यवसायीको धारणा छ ।
कोभिड महामारीका अवस्थामा पनि स्वदेशी तथा विदेशी आरोहीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख निर्देशक आचार्यले बताउनुभयो । यी आरोहणले सन् २०२१ वसन्त ऋतुको आरोहणका लागि आधार तयार भएको उहाँको भनाइ छ ।
एशियन ट्रेकिङका संस्थापक आङछिरिङ शेर्पाले महामारीकै बीच अमादब्लमलगायत अन्य हिमालमा विशिष्ट व्यक्तिको आरोहणले पर्यटनमा उत्साह जगाएको र व्यवसायीलाई आशावादी तुल्याएको बताउनुभयो । आरोहण, पदयात्रालगायत गतिविधिले पर्यटन छिट्टै पुरानै लयमा फर्किने उहाँको विश्वास छ ।
अहिले सेभेन समिट ट्रक कम्पनीबाट आरोही मिङ्मा शेर्पा अमादब्लम हिमाल आरोहणको क्रममा हुनुहुन्छ । अर्का आरोही टासीलाक्पा शेर्पाको टोली पनि अमादब्लम हिमाल आरोहणका लागि गएको छ । त्यस्तै अन्य कतिपय ससाना टोली आरोहणमा निस्किएका छन् । यही याममा एशियन ट्रेकिङबाट दावा स्टेभन शेर्पासहितको टोलीले मेरापिक र बरुन्छे हिमाल आरोहण गरेको छ ।
पर्यटन विभागको पछिल्लो विववरणअनुसार शरद ऋतुको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी सङ्कलन भएको छ । यस याममा आरोहण अनुमति लिएका हिमालमा मनास्लुमा दुई, अमादब्लममा दुई तथा बरुन्छेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् । आरोही नोभेम्बर महिनाभर आउने भएकाले शरदमा १० देखि १२ आरोही समूूह पुग्ने विभागको अनुमान छ । सन् २०१९ को शरद याममा मात्रै एक हजार २१० विदेशी आरोही हिमाल आरोहणका लागि नेपाल आएका थिए ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु