
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको छ । गाउँपालिका र किसानको संयुक्त लगानीमा रायो सागको बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको हो । केन्द्र स्थापना भएपछि घर–घरमै गएर बीउ सङ्कलन र व्यक्तिका घरमा भण्डारण गर्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका सचिव अर्जुन पुर्जाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको रु आठ लाख ८१ हजार ५४६, उपभोक्ताको रु पाँच लाख बराबरको श्रमदान र गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा पाउने सुविधावापतको रकम सङ्कलन गरेर बनाएको कोषबाट रु ५० हजार गरी कूल रु १४ लाख ३१ हजार ५४६ लागतमा सो केन्द्र स्थापना भएका छन् ।
सन्ताउन्न घरधुरीले १३ दिनका दरले श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष खमबहादुर पुर्जाले बताउनुभयो । स्तरोन्नति गरेर कोल्डस्टोरसमेत बनाउन सकिने यो भवन बहुप्रयोजन र बहुउद्देश्यीय किसिमको भएको गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले बताउनुभयो ।
किसानहरुले बीउ, तरकारी र आलु सङ्कलन तथा भण्डारणका अतिरिक्त सीपमूलक तालीम, बैठक, भेला सञ्चालनमा पनि यो भवनलाई प्रयोग गर्न सक्नेछन् । व्यावसायिक रुपमा आलुखेतीको प्रशस्त सम्भावना भएको फलातेका साथै चित्रे, खिवाङ, कुटुका र महभीर गाउँका किसानले व्यावसायिक रूपमा मार्फा रायो जातको सागको बीउ उत्पादन गर्छन् ।
यस वर्ष प्रतिकिलो रु आठ सयका दरले २६ क्विन्टल रायो सागको बीउ फलातेबाट निकासी भएको थियो । ताजा तरकारी र खाद्यबालीको तुलनामा आर्थिक हिसाबले बढी फाइदा हुने, बजारमा भनेको मूल्य पाउने भएकाले रायो सागको बीउ उत्पादनमा किसानको आकर्षण बढेको छ । गाउँका सबैले बीउ उत्पादन गर्न सागखेती गरेका छन् ।
एउटा घरले थोरैमा २० केजीदेखि एक सय केजीसम्म बीउ उत्पादन गर्छन् । गत वर्षसम्म पोखरा र चितवनका व्यापारी गाउँमै आएर बीउ खरिद गरेर लैजाने गरे पनि यसपाली कोरोनाका कारण बजारको समस्या देखिएकोमा किसान चिन्तित भएका छन् । तत्कालीन जिल्ला कृषि विकास कार्यालय म्याग्दीले अनुकूल हावापानी, वातावरण र भूगोल भएकाले खिवाङ र फलाते क्षेत्रलाई सागको बीउ उत्पादन केन्द्र बनाउन सिफारिस गरेको थियो । कोदो, आलु, मकैको विकल्पमा सागखेती गरेका छन् ।
दुई हजार मिटर उचाइको भूगोल मार्फा रायो सागको बीउ उत्पादनका लागि अनुकूल मानिएको छ । भदौमा बीउ, असोजमा बिरुवा रोपेपछि असारमा बीउ उत्पादन गर्न सकिन्छ । बीउ उत्पादन गर्ने सागको पात टिप्न मिल्दैन । ठूला र चौडा पात हुने मार्फा रायो साग मुस्ताङको मार्फा शितोष्ण बागवानी विकास केन्द्रले विकास गरेको हो । बीउ भण्डारण गर्ने मेटलबिन, सुकाउने त्रिपाल र बाली बीमाको सुविधा आवश्यक रहेको किसानले बताएका छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान