News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

तस्विर सौजन्य : बुद्धिराज बस्याल

पोखरा, ३१ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा बुधबार तीनजनाको मृत्यु भएको छ ।

माइक्रो बस सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो । ११ जना सवार रहेको इलेक्ट्रिक माईक्रो बसमा रहेका ८ जनाको अवस्था भने सामान्य रहेको छ ।

बुधबार दिउँसो धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख इन्स्पेक्टर शोभा पाण्डेयले जानकारी दिइन् ।

मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीय ताङमाया गुरुङको मात्र सनाखत भएको प्रमुख पाण्डेयले बताईन् । घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको माइक्रो एक्कासी चलेको हावाहुरीले अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।