काठमाडौँ, २८ वैशाख । सशस्त्र द्वन्द्वका पीडितहरुले मानव अधिकार आयोगको कार्यालय, पुल्चोकमा धर्ना दिएका छन् । संक्रमणकालीन न्याय टुंगाउन बनाइएका दुईटा आयोग– सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सिफारिस समितिको कामप्रति असन्तुष्ट जनाउँदै उनीहरुले आइतबार आयोगमा धर्ना दिएका हुन् ।
सिफारिस समितिकी सदस्य लीली थापाले दलगत रुपमा नामहरु सिफारिस गरेको आरोप लगाउँदै पीडितहरुले आयोगको कार्यालयमा धर्ना दिएका हुन् । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीहरू सिफारिस गर्न गठित समिति ३४ महिनादेखि खाली रहेका छन् ।
सिंहदरबारमा सिफारिस समितिको बैठक बसिरहेका बेला पीडितहरूले सरकार र दल नियन्त्रित प्रक्रियाबाट बनाइने देखावटी आयोग नमान्ने भन्दै दलका कार्यकर्ता सिफारिस नगर्न दबाब दिँदै शनिबार माइतीघरमा धर्ना बस्तुका साथै विरोध ¥याली निकालेका थिए ।