काठमाडौँ, २३ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच आज मंगलबार भेटवार्ता भएको छ । उक्त भेटवार्ता पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा उक्त भेटघाट भएको थियो ।
भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको नेताहरुको भनाई छ । तर हिजो सोमबारको संसद् बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिचको भेट र हाउभाउलाई लिएर उक्त भेटघाटलाई विशेष अर्थका साथ हेरिएको छ ।
नेपाली कांग्रेससँग सत्तासाझेदारी गरिरहेको एमालेले माओवादीसँगको भेटघाट र सम्पर्कलाई गठबन्धनमा संभाव्य खटपटको रुपमा बुझिए पनि भेटघाटमा भएका विषयहरु सार्वजनिक भने गरिएका छैनन् ।