News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

सर्वोच्चले आममाफीको फैसलालाई उल्टाएपछि रेशम चौधरी पक्राउ

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । २०७२ भदौमा टीकापुरमा भएको घटनाका सम्बन्धमा सर्वोच्चले आममाफीको फैसलालाई उल्टाएका कारण चौधरीलाई पक्राउ गरिएको हो ।

आज बुधबार नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । प्रज्ञा भवन कमलादी परिसरमा पुगेका चौधरीलाई त्यहाँ खटिएका सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पु¥याएका छन् ।

२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए । प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।