
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, १६ वैशाख। कास्कीका पालिकाको वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रतिवेदनमा रुपा गाउँपालिकाले सबैभन्दा धेरै अङ्क प्राप्त गरेको छ । जिल्ला समन्वय समिति कास्कीले आज मंगलबार सार्वजनिक गरेको अन्तिम नतिजामा रुपाले जिल्लाका सबै पालिकाभन्दा बढी अर्थात् ६८ अङ्क प्राप्त गरेको हो ।
वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ लाई आधार मानेर योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलगायत कूल ११८ वटा सूचकमा आधारित भएर मूल्याङ्कन गरिएको थियो ।
मूल्याङ्कनमा अन्य पालिकामध्ये अन्नपूर्णले ६६ दशमलव पाँच, मादी गाउँपालिकाले ६१ दशमलव पाँच, पोखरा महानगरपालिकाले ४७ दशमलव पाँच र माछापुच्छ्रे गाउँपालिकाले ४५ अङ्क प्राप्त गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले वित्तीय सुशासनलाई प्रभावकारी बनाउन पालिकालाई आग्रह गर्नुभयो ।
यसैगरी रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरेलगायतले वित्तीय सुशासनका सम्बन्धमा भइरहेका प्रयासलगायत विषयमा धारणा राख्नुभएको थियो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई