
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पाल्पा, १५ वैशाख । जंगलमा लागेको डढेलो निभाउन भन्दैं गएका स्थानीयहरुको चढेको जीप पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन जाने क्रममा भएको सो जीप दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर स्थानीय ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण विक (सुनार) र २३ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको छ ।
बुढामगर र सुनारको घटनास्थलमै मृत्यु भएको हो भने रेग्मीको उपचारका लागि पाल्पा सदरमुकाम तानसेन लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । लु १ ज २३७७ नम्बरको जीपमा सवार २७ वर्षीय रञ्जन रेश्मी मगर र २३ वर्षीय सोनु (सरोज) बुढा घाइते भएका छन् ।
घाइतेमध्ये मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त जीप सडकदेखि झण्डै १ सय ५० मिटर तल खसे्को प्रहरीको भनाई छ ।
जीप सर्वोत्तम खानी हुँदै ठूलो पोखरा जाने क्रममा दुर्घटनामा परेको हो । उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।