पाल्हीनन्दन (नवलपरासी ब सु प), २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तराई मधेश जागरणअभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली बर्दघाट पुगको छ ।
आज मंगलबार साँझ यहाँ पुगेको टोलीलाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य गोपी ज्ञवालीले अध्यक्ष दाहालसहितको टोलीले दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता राजुराम पौडेलको परिवारलाई भेट्ने र आज राति त्यही बस्ने व्यवस्था मिलाइको बताउनुभयो ।
पार्टीको बर्दघाट नगरकमिटी अध्यक्ष तजेन्द्र पुर्जाका अनुसार विद्यार्थी नेता पौडेललाई २०५८ साल फागुन २५ गते पोखराको नदीपुरबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
बुधबार सहिद स्मृति सामुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गरेपछि अन्य राजनीतिक भेटघाट कार्यक्रम हुने नेता ज्ञवालीले बताउनुभयो ।