
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाकाका सबै वडा यस वर्ष सडक सञ्जालमा जोडिएका छन् । सो गाउँपालिकाको रु १ करोडको लगानीमा त्यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो ।
सबै वडाभरीमा सडक सञ्जाल पुगेपछि स्थानीयबासीलाई यातायातका लागि सहज भएको छ ।
गाउँमा सडक पुगेपछि गाउँमा उत्पादन भएका तरकारी तथा अन्य अन्नबाली बजारसम्म पु¥याउन सकिने जनाउँदै स्थानीयबासीहरु खुशी भएको जोरायल–५ गड्सेराका दीर्घबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै गाउँमा सडक पुगेको छ, किसानले उत्पादन गरेका चिज बस्तु बजार सम्म पु¥याउन सहज भएको छ, किसानको आयस्तर बढ्ने छ ।”
गाउँपालिकाका प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल पु¥याउने उद्देश्यले सडक बिस्तारको काम तीब्र रुपमा अगाडी बढाइएको गाँउपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वर्ष भित्र सबै वडा कार्यालयमा सडक पु¥याउने उदेश्य अनुसार हामीले काम अगाडी बढाएका थियौँ, समयमै काम सकियो यहि खुुसिको विषय हो ।” वडा कार्यालयसम्म सडक सञ्जाल पु¥याउने काम सँगसँगै टोलटोलमा सडक सञ्जाल बिस्तार गर्ने योजना गाउँपालिकाको रहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले गाउँमा हुने बालविवाह न्युनीकरण र महिला हिँसा अन्त्यकालागि बिभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।
पछिल्लो समय गाउँपालिकाले बालविवाहले स्वास्थ्यमा नराम्रो असर पर्ने र भविष्यमा गएर विभिन्न हिंसा खेप्नुपरेकोले बालविवाह न्युनीकरणका लागि स्थानीयलाई अग्रसर गराउने कार्यको थालनी गरिएको बताइएको छ । कुल ६ वटा वडा कार्यालय रहेको सो गाउँपालिकामा गाउँमा बालक्लव, महिला निगरानी समूह गठन गरी महिलामाथी हुने हिंसा अन्त्यका लागि पहल गरी रहेको छ । गाउँपालिकाले बालविवाह न्युनीकरणको लागि अभियानकै रुपमा अगाडी बढाईरहेकोे छ । एकल महिला तथा विपन्न महिलाहरुलाई संगठित गरी उनीहरुको समस्या समाधानकोलागि एकल तथा विपन्न महिला समूह समेत गठन गरिएको उपाध्यक्ष बोहराले जानकारी दिनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो