
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
मुग्लिन । चितवनमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र केटिएम डुकजस्ता महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकल ज्यादै न्यून छ । मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जोकोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाइ छ । जिल्लामा सिसीटिभी क्यामेराको सञ्जाल नहुँदासमेत चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्न असमर्थ हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ बताउनुहुन्छ ।
पछिल्लो समय चितवन प्रहरीले कात्तिक २३ गते चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न सात जनालाई सार्वजनिक गरेको थियो । जिल्लाको मुख्य बजार क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्नलाई प्रहरीले ग्राहक बनेर पक्राउ गर्न सफल भएको गुरुङले बताउनुभयो । उनीहरुले मोटरसाइकल चोरी गरेपछि तुरुन्तै टाढा नलैजाने भन्दै गुरुङले चोरीको मोटरसाइकल कतै झाडीमा फालेर जाने र दुई/तीन घण्टापछि अर्को व्यक्ति आएर लिएर जाने गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।
आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जिल्लामा १५४ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताउनुभयो । चोरी भएकामध्ये ३५ मोटरसाइकल फेला परेको भन्दै थापाले २३ मोटरसाइकल मात्रै धनीलाई फिर्ता गर्न सफल भएको जानकारी दिनुभयो । गत वर्ष २०७६÷७७ मा दुईवटा मोटरसाइकल तथा यस वर्ष एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको भन्दै थापाले यस वर्ष बेवारिसे अवस्थामा फेला पारिएको मोटरसाइकल धनीलाई फिर्ता गरिएको बताउनुभयो ।
चितवनमा आर्थिक वर्ष २०७५/७६ मा ४१ वटा मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका थिए । तीमध्ये सात मोटरसाइलक फेला पारेर सवारी धनीलाई फिर्ता गरिएको प्रवक्ता थापाले जानकारी दिनुभयो । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले यस वर्ष विभिन्न छ जनालाई पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा ७५ वटा मोटरसाइकल चोरी भएको उजुरी प्रहरीमा परेकामा १० मोटरसाइलक मात्रै फेला परेका छन् । फेला परेको मोटरसाइकलमध्ये नौ मोटरसाइकल मात्रै सवारी साधनका धनीलाई फिर्ता गर्न सकिएको थापाले बताउनुभयो । यस वर्ष चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न १३ व्यक्ति पक्राउ गर्न सफल भएको थियो ।
चालु आर्थिक वर्ष २०७७/७८ को करिब चार महिनाको अवधिमा जिल्लामा ३७ वटा मोटरसाइकल हराइसकेका छन् । हराएका मोटरसाइकलमध्ये आधा पनि भेटिएका छैनन् । जिल्लामा हराएकामध्ये १५ मोटरसाइकल भेट्टाएर छ वटा सवारी साधनका धनीलाई फिर्ता गरिएको प्रहरीको भनाइ छ । करिब चार महिनाको अवधिमा प्रहरीले १२ जनालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको छ ।
मोटरसाइकल चोरीका घटना बढे पनि भेटिने अनुपात साह्रै न्यून भएकाले प्रहरीले लामो समयसम्म मोटरसाइकल पार्किङ गरेर राख्नुपर्ने अवस्थामा चेन तथा अन्य तरिकाबाट लक गर्न सुझाव दिएको छ । चाबीको भरमा मोटरसाइकल छोडिँदा चोरीको दर बढ्दै गएको प्रहरी उपरीक्षक गुरुङले बताउनुभयो । मोटरसाइकल चोर्ने र ती मोटरसाइकलको नक्कली कागजपत्र बनाएर बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै गुरुङले सामान्य अवस्थामा नक्कली र सक्कली कागजपत्र छुट्याउन नसकिने बताउनुभयो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ