News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

एक सय ५० किलो गाँजासहित पक्राउ

बागलुङ ।  प्रहरीले एक सय ५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई आज पक्राउ गरेको छ । आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।