
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
परासी । पुजारीको हत्या गरेको अभियोगमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको महाराजगञ्ज जिल्ला ग्राम कबेलवा महेशपुरका २१ वर्षीय धनञ्जय मौर्य रहेका छन् ।
यही कात्तिक ९ गते नवलपरासीको सुस्ता गाउँपालिका–४ पश्चिम टाँडीका ७२ वर्षीय पुजारी महँगु केवटको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा प्रतापपुर गाउँपालिका–६ कठहवाबाट अभियुक्तलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले राससलाई जानकारी दिनुभयो ।
“अनुसन्धानका क्रममा मृत्तक केवटकी छोरीले अभियुक्तको सनाखत गर्नुका साथै अभियुक्त मौर्यले आफू स्वयम्ले नै हत्या गरेको बयान दिएकी छिन्”, उहाँले भन्नुभयो । पक्राउ परेका मौर्यलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धानको कार्य अघि बढाइको प्रहरीले जनाएको छ ।
३४ वर्षपछि फरार अभियुक्त पक्राउ
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्धाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय अदालत डिभिजनले विस.२०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्धाअन्र्तगत दश वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि शुक्रबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशानुसार तोकिएको दश वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उहाँले बताउनुभयो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान