News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार समाचार

स्कुटर दुर्घटनामा परेका बस्नेतको उपचारका क्रममा मृत्यु

डन न्यूज ।
पोखरा ।
आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार पुष्कर बस्नेतको उपचारका क्रममा मृत्यु भएको छ । अन्नपूर्ण गाउँपाकिा वडा नं।५ नयाँपुलस्थित कास्की र पर्वत जोड्ने पुलको बारमा स्कुटर ठोक्किन पुगेको थियो ।
पोखराबाट पर्वततर्फ जाँदै गरेको ग१०प २१२२ नम्बरको स्कुटर पुलमा ठोकिँदा चालक सन्तोष न्यौपानेसहित बस्नेत घाईते भएका थिए । तत्कालै दुबैजनालाई उपचारको लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको थियो । शनिबार साढे ४ बजे भएको सो दुर्घटनामा परी स्याङ्जा जिल्ला, आँधिखोला गाउँपालिका वडा नं। ६ बस्ने वर्ष २६ का बस्नेतको उपचारका क्रममा मृत्यु भएको थियो । सोही ठाउँ बस्ने स्कुटर चालक न्यौपानेको अवस्था अहिले मध्यम खालको रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया