
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
नारायण ढुङ्गाना
सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिनुभयो । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै हुनुहुन्थ्यो । “मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न”, भीडमा उहाँले अनुग्रहसहित बोल्नुभयो । भीडमा हुनेखाने देखिएका धेरैले उनको अनुग्रह अस्वीकार गरे झैँ मुन्टो बटारे । कतिपयले कति आउँछन् यस्ता मगन्ते भनेर खासखुस गरे । उहाँ आफ्नो कथाव्यथा सुनाउन छाड्नुभएन ।
उहाँको खाली हातमा उही सेतै पहिरनकी महिलाले केही रुपैयाँ थमाउँदै भन्नुभयो, “दिदी हजुर ! (पैसा दिँदै) लिनुस्, यसले छोरीको उपचारमा केही सहयोग हुन्छ होला ।” पैसा दिनेको मुहार उहाँले झुलुक्क हेर्नुभयो । माग्ने महिला छक्क पर्नुभयो । डोको, नाम्लो बोकेर आएकी आफू जस्तै मजदुरको सहयोग लिन अन्कनाउनुभयो । झट्ट पैसा लिनसक्नु भएन । बरु अकमकाउँदै भन्नुभयो, “हजुरको आफ्नै त्यस्तो बिजोक छ, मैले कसरी लिनु ।”
“हैन लिनुपर्छ मेरो दयाधर्मले दिएको छ, लिनुस्”, सेतो पहिरनकी महिलाले जिद्धि कस्नुभयो । “हस्, तपाईँ जस्तो मान्छेले सहयोग गर्नुभयो, मूरीमूरी धन्यवाद”, पैसा स्वीकार्दै महिलाले भन्नुभयो । अघि सहयोग नदिने र हेरेर बस्ने सबै छक्क परे । भक्तपुर दधिकोटकी ४६ वर्षीय शारदा श्रेष्ठ जो एकल महिला सेतो पहिरन मै हुनुहुन्छ । सागपात बेचेर जिविका चलाउनुहुन्छ । उहाँले आफूजस्तै अर्की महिला दोलखाकी पम्फा थापालाई बिहान साग बेचेर आएको पैसा रु १५५ सहयोग गर्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता यात्रीको झल्को यही देखियो ।
कुन मन्दिरमा जान्छौं यात्री, कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो
हाडहरुको सुन्दर खम्बा, मांशपिण्डको दिवार
मष्तिस्कको सुनको छाना, इन्द्रीयहरुको द्वार
नसा नदीका तरल तरङ्ग, मन्दिर आफू अपार…
इश्वरको धर्म र सेवा गर्न मन्दिर जानु पर्दैन । मानिस आफैँ मन्दिर र इश्वरको स्वरुप हो । दिनदुखीका सेवा गरे कुनै धर्म र पूजा गरिरहनु पर्दैन भन्ने सन्देश बोकेको यो कविताको जस्तै मर्म ति महिलाको मनले देखाइदियो ।
“दिनदुखीलाई सहयोग गर्न धनाढ्य नै हुनुपदर्छ भन्ने छैन्, मन भए जसरी पनि सहयोग गर्न सकिन्छ, यो त्यसैको एउटा उदाहरण हो”, सबै गतिविधि हेरिरहनु भएका सामाजिक अभियानकर्मी उमेश बोहराले भन्नुभयो ।
दोलखााकी पम्फा थापा काठमाडौँका सडकमा दैनिक भारी बोक्नुहुन्छ । काम पाउँदा थाप्लोमा र नपाउँदा हातमा नाम्लो टुट्दैन । बन्दाबन्दीपछि भारी बोक्न नपाउँदा कोठा भाडा तिर्न धांैधौं छ । अझै ६ महिनाको भाडा तिर्न बाँकी छ । त्यसमाथि उहाँलाई मुटुमा प्वाल भएकी तीन वर्षकी छोरी करिना थापाको दैनिक औषधोपचारमामा रकम जोहो गर्नुपर्ने अर्काे बाध्यता छ ।
थापालाई एक वर्षपछि हुने छोरीको शल्यक्रियाका लागि पैसाको जोहो पर्नुपर्ने बाध्यता छ । मान्छे भेट्यो की कागजपत्र झोलामा बोकेर सहयोगको भीख पनि माग्दै हिड्नुहुन्छ । बेलाबेलामा भक्कानिनुहुन्छ ।
त्यही आफ्ना कथा र वेथा पत्रकारसँग पोख्दै पनि हुनुहुन्थ्यो पम्फा । समाचार हेरेर सहयोगी हात फैलिन्छन् भन्ने झिनो आशा उहाँमा थियो । एकल महिला शारदा श्रेष्ठको पनि सागपात बिक्री नभए घरमा चुलो बल्दैन । एउटा भनाइ छ, ‘हुने खानेले हुँदा खानेलाई सहयोग गर्नुपर्छ’ । तर, त्यसको विपरित थियो त्यो दृष्य । दुखिलाई दुखिको सहारा प्रमाणित भइरहेको थियो ।
फराकिलो मनकी धनी शारदाले उहाँलाई मात्रै पैसा दिनु भएन नजिकै रहेका अन्य मजदुरका छोराछोरीलाई पनि साग बेचेर आएको पैसाको केही अंश काटेर दिनुभयो । उहाँका अनुसार दैनिक मजदुरी गरेर कमाएको पैसामध्ये काटेर नियमित सहयोग गर्नुहुन्छ ।
उहाँको आफ्नै व्यथा छ । दुखजिलो गरेर कमाएको पैसाले श्रीमान विष्णुभक्तलाई बचाउने ठुलो कोसिस खेर गयो । मुटुको बिरामी श्रीमान्लाई शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र बाँसबारीमा लामो समय बचाउने प्रयास गर्नुभयो । विसं २०७२ देखिको प्रयास २०७७ मा असफल बन्यो । उहाँ भन्नुहुन्छ, “श्रीमान् गइगए, एउटा छोरीको बिहे भयो, अब मेरो कोही सहारा छैन, यही दुःख गरेर खाएको छु ।”
साग व्यापार उहाँको दैनिकी हो । भक्तपुरको थिमीबाट साग ल्याएर काठमाडौँका बजारमा बिक्री गर्नुहुन्छ । अरुको साग बेचेवापत आउने कमिसन लिएर दैनिकी गुजार्नुहुन्छ । “रु १० रुपैयाँ कमाएँ भने रु ८ साहुलाई दिन्छु, दुई रुपैयाँ आफू लिन्छु”, उहाँले भन्नुभयो ।
उहाँले यसरी जीवन गुजारेको २५ वर्ष भयो । जति नै कमाए पनि मरेर लाने के नै हो र भन्ने शारदा हृदयको धनी हुनुहुन्छ । अर्काको दुःख देख्न सक्नुहुन्छ । बाटोमा त्यस्तै बालबालिका वा कोही समस्यामा परेका मान्छे देखे आफूसँग भएको केही पैसा वा खानेकुरा दिनुहुन्छ ।
उहाँ कहिल्यै मागेर खानुहुन्न । सडकमा सबै मजदुरलाई भात खुवाएको सधैँ देख्नुहुन्छ । सक्दो सहयोग गर्नुहुन्छ, तर कहिल्यै त्यहाँको भात खानुहुन्न । आफूले खाए गरीब दुखिले नपाउलान् भन्ने चिन्ता हुन्छ उहाँलाई । “अरुका लागि हृदयले देउदेउ भन्छ म दिन्छु”, शारदाले भन्नुहुन्छ । बालबालिका दिनदुखी फेला पर्ने वित्तिकै सहयोगको हात बढ्छ ।
गङ्गालला अस्पतालमा उपचार गराउँदागराउँदै श्रीमानको मृत्यु बेहोरेकी शारदाले पम्फाकी तीन वर्षीय छोरीको ज्यान जोगियोस् भन्ने स्वच्छ भावनाले सहयोग गरेको बताउनुभयो । रु १५५ रुपियाँ ठूलो रकम होइन तर एक दुखीले अर्को दुखीको घाउमा मल्हम लगाउन खोज्नुले ठूलो अर्थ लाग्ने एक जना मजदुर कृष्ण नेपाली सुनाउनुहुन्छ ।
पम्फाकी छोरी करिना मुटुमा प्वाल बोकेर हिँडेको तीन वर्ष भयो । जन्मेको एक महिनामा नै मुटुमा प्वाल परेको थियो । नियमित औषधी दिने गरिएको छ । चिकित्सकले दिएको मितिभित्रै खर्चको जोहो गर्नु उहाँलाई धौधौ छ । त्यसैले माग्नुको विकल्प छैन । उहाँ याचना गर्नुहुन्छ, “सहयोग गर्नुहोस्, मेरो आषिश नलागे पनि छोरीको पक्कै लाग्छ ।”
उहाँको भित्रि कथा झन पिडादायी छ । लाउँलाउँ र खाउँखाउँको उमेरमा श्रीमान्ले छाडेर गए । बच्चा पाल्ने अभिभारा उहाँको काँधमा आयो । पहिले उहाँ माडे (माडवारी) को घरमा काम गर्नुहुन्थ्यो । पछि भारी बोक्नुपर्ने बाध्यता आइलाग्यो । सडकमै भौतारिएर हिँड्नुहुन्छ तर कोरोनाका कारण भारी बोक्ने काम पाउन मुस्किल भएको उहाँले सुनाउनुभयो । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग