News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

भोलि दिउँसो ३ बजे सेती नदीको ड्याम खोलिने हुँदा सतर्कता अपनाउन कास्की प्रहरीको अनुरोध

पोखरा, १८ चैत । भोलि सोमबार पोखरा–१६ दिपस्थित नहरको ड्याम खोली सेती नदीको पानीको वहाव बढाईने हुँदा सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ । पोखरा–११ बस्ने सुगम बास्तोला पोखरा–३, नदीपुरस्थित पुरानो पुलबाट सेती नदीमा हाम फालि वेपत्ता भएकोमा खोजतलास गर्नका लागि दिपस्थित ड्याम खोल्ने तयारी प्रहरीले गरेको हो ।

उक्त दिन नदी वरिपरि काम गर्ने तथा आवातजावात गर्ने मानिसहरु चनाखो भई कार्य गर्न, नदिको किनारामा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन कास्की प्रहरीले सूचना जारी गरेको हो । गत फागुन १८ गतेदेखि वेपत्ता सुृगमको खोजतलास गर्न प्रहरीले यसअघि फागुन २२ गते पनि सेती नदीको वहाव बढाई खोजतलास गरेको थियो । सो क्रममा फेला नपरेपछि पुनः सेती नदीको ड्याम खोली खोजतलास गर्न निवेदन परेसँगैं प्रहरीले चैत १९ गते दिउँसो ३ बजेदेखि सेती नदीको ड्याम खोल्ने तयारी गरेको एसपी मोहनकुमार थापाले जानकारी दिए ।

डनन्यूज ट्रेन्डिङ