News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

पार्किङमा राखेको बलेरो जिप चोरी गर्ने गोविन्द परियार पक्राउ

पोखरा, ४ माघ । स्कुल मैदानमा पार्किङ गरेर राखेको बलेरो जिप चोरी गर्ने गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–१० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरी राखेको ग२च २३४३ नम्बरको बलेरो जिप हिजो मंगलबार राति साढे १ बजे चोरी भएको थियो ।

जिप चोरी भएको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले वडा नं. १४ समिनतरा स्थित जिप चलाउँदै गरेको अवस्थामा परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा–१४, खाल्टेमसिना बस्ने २० वर्षीय परियारलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा छानबिन अगाडि बढाइएको छ ।

डनन्यूज ट्रेन्डिङ