News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

श्रीरामलाई हँसिया प्रहार गरेको आरोपमा जुमकाजी पक्राउ

पोखरा, १ मंसिर । श्रीराम देवकोटालाई घरकैं आँगनमा आई धारिलो हतियार हँसिया प्रहार गरी घाईते बनाएको आरोपमा जुमकाजी विक पक्राउ परेका छन् ।
कार्तिक २७ गते विहानको समयमा कास्की अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ लुम्लेस्थित आफ्नैं घरमा बसेका देवकोटालाई ५७ वर्षीय विकले हँसिया प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय कास्कीले पठाएको सूचनामा उल्लेख छ ।

घाईते देवकोटालाई उपचारका लागि स्थानीयको सहयोगमा मेट्रोसिटी अस्पताल लगिएको थियो । तत्कालै विकलाई पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।