News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

जनप्रिय बहुमुखीमा अनेरास्ववियू क्रान्तिकारीको सम्मेलन, अध्यक्षमा दामोदर भुसाल

पोखरा, २४ भदौं । जनप्रिय बहुमुखी क्याम्पस पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को ५१ सदस्यीय कमिटी गठन भएको छ।

शुक्रबार भएको क्याम्पस मूल इकाई समितिको नवौं सम्मेलनले दामोदर भुसालको अध्यक्षतामा कमिटी निर्वाचित गरेको हो । उपाध्यक्षमा करुणजङ कुवर, विनोद कुँवर र इभा परियार छन् ।

यस्तै, सचिवमा सुदीप बराल, सहसचिव कृज्मा गुरुङ, अन्जना सापकोटा र राजन नेपाली तथा कोषाध्यक्षमा वन्दना सुनार चुनिएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पोखरा महानगर समिति इन्चार्ज पारसमणि पौडेलले विद्यार्थीका हकहित र समाजवादको एजेन्डा लिएर जान आग्रह गरे ।

कार्यक्रममा पोखरा महानगर समिति सचिव एवम जनप्रिय क्याम्पसका सल्लाहकार जनकराज पराजुली, वासिएल नेपाल कास्की संयोजक एङेल्स कार्की, सचिव रामचन्द्र पौडेल लगायत उपस्थित थिए ।