
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कमल खत्री, बेनी, १० वैशाख । उमेरले ८४ वर्ष पुग्नुभएका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा हुनुहुन्छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छ ।
धौलागिरिको कीर्तिमानी आरोहणका लागि कार्लोसको यो ११औँ पटकको प्रयास हो । वृद्ध उमेरमा समेत धौलागिरि हिमालको चुचुरोमा पुग्ने धोको पूरा नभए पनि कार्लोस अथक प्रयासमा जुट्नुभएको छ । कार्लोसको धौलागिरि आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको छ । आरोहण व्यवस्थापनको तर्फबाट मिङतेम्बा शेर्पाले कार्लोसको धौलागिरि आरोहण दलको नेतृत्व गर्नुभएको छ ।
तीन स्पेनी आरोही र सेभेन समिटका आरोहण व्यवस्थापकसमेत गरी २५ जनाको टोली अहिले आधार शिविर क्षेत्रमै अनुकूल मौसमको पर्खाइमा रहेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । “टोली आधार शिविर पुगेको १० दिन भयो, तर अहिलेसम्म आरोहण सुरु गर्ने अनुकूल मौसम नै भएको छैन, धौलागिरि आसपासमा निरन्तर हिमपात भइरहेको छ, मौसममा सुधार हुनेबित्तिकै कार्लोसको कीर्तिमानी आरोहणको यात्रा सुरु हुन्छ” उहाँले भन्नुभयो ।
गत वर्षसमेत आरोहणका लागि धौलागिरिको पहिलो क्याम्पसम्म पुगेर प्रतिकूल मौसमका कारण आरोहण स्थगित गरेर फर्कनुभएका कार्लोसले यस पटक आफ्नो कीर्तिमानी आरोहणलाई पूरा गर्ने सङ्कल्प गर्नुभएको छ । साठ्ठी वर्ष उमेर पुगेपछि आठ हजार मिटर भन्दाअग्ला १० हिमाल आरोहण गर्ने एक मात्र आरोही बनिसक्नुभएका कार्लोसले धौलागिरि आरोहण गरेमा सबैभन्दा ज्येष्ठ उमेरमा विश्वका १४ हिमाल आरोहणको कीर्तिमानी बनाउनु हुनेछ ।
एक महिनाअघि स्पेनदेखि नेपाल आउनुभएका कार्लोसले दुई हप्ता बढी समय खुम्बु क्षेत्रमा पूर्वाभ्यास स्वरूप ट्रेकिङ गर्दै बिताउनुभएको थियो । धौलागिरि आरोहणको पूर्वतयारीस्वरूप सगरमाथा, ल्होत्से र आमाडब्लम लगायतका हिमालको फेद रहेको खुम्बु उपत्यकामा १७ दिन बिताएपछि काठमाडौँ फर्किएको कोर्लोसको टोली यतिबेला धौलागिरि आधार शिविरमा छ ।
धौलागिरि हिमालको आधार शिविरतर्फ प्रस्थान गर्नुअघि सामाजिक सञ्जाल फेसबुकबाट कार्लोसले खुम्बु क्षेत्रको हिमाली चुचुराहरूमा गरेको आरोहण अभ्यासले यस पटक धौलागिरिको आरोहण सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । कार्लोसले सन् १९९८ मा पहिलो प्रयास धौलागिरिको आरोहण गर्ने प्रयास गर्नुभएको थियो । सबैभन्दा वृद्ध उमेरमा १४ वटा हिमाल आरोहणको कीर्तिमान राख्न कार्लोसले धौलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।
कार्लोसले ६२ वर्षको उमेरमा सगरमाथा, ७५ वर्षको उमेरमा कञ्चनजङ्घा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको थियो । कार्लोसको धौलागिरि हिमाल आरोहणको मोहले धौलागिरि हिमालको महत्त्वलाई बढाएको भन्दै उहाँको आरोहण सफल भएमा यसले धौलागिरि हिमाललाई थप प्रचारप्रसार गर्न सघाउने र यस क्षेत्रको पर्यटकीय सम्भावना उजागरमा टेवापुग्ने धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो ।-रासस
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !