
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाको निर्देशनलाई पटक–पटक लत्याउँदै व्यापारी अशोक पालिखेले फिर्के खोलाको मापदण्ड विपरित खोलामाथि नैं संरचना निर्माण गरिरहेका छन् । महानगरपालिकाका नगरप्रहरीहरुले पटक–पटक सामान खोसेर ल्याउँदा समेत अटेर गर्दै व्यापारी पालिखेले खोलामाथि नै ग्याबिन भर्ने वाहनामा अतिक्रमण गरेका हुन् ।
स्थानीयले व्यापक विरोध गरेपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहितको टोलीले फिर्के खोला मिचेर व्यापारी पालिखेले बनाएको संरचनाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा खोलामा डोजर (मेसिन) नै प्रयोग गरी गहिरो खाल्डा खनेर ग्याबिन भर्ने नाममा व्यक्तिले आफ्नो जमिन जोगाउन मापदण्ड विपरित काम गरेको देखिएको मेयर आचार्यले डन न्यूजसँग बताए ।
मेयर आचार्यले भने–‘कसले बनाएको हो, त्यो चाँहि मलाई थाहा भएन । तर फिर्के खोलाको भूँईमा नै मेसिन नै लगाएर खनिएको छ । भूँईबाट नै जग उठाएर त्यहाँ जाली लगाइएको छ । जसले गरेको भएपनि त्यो गलत काम हो ।’ ‘खोलामाथि लगेर ढुङ्गा थुपारिएको छ । त्यो नगर्नु । २ दिनभित्र जसले थुपारेको हो उसले उठाएर लगेनन् भने त्यसलाई जफत गर्नु भनेको छु,’ मेयर आचार्यको भनाई थियो ।
पोखरा महानगरपालिकाले फागुन २५ गते व्यापारी अशोक पालिखेको नाममा पत्र काट्दै तत्कालै निर्माण सामाग्री र संरचना हटाउन निर्देशन समेत दिएको छ । महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजंग केसीले पोखरा महानगरपालिका वडा नं. १८ लाई समेत बोधार्थ पठाउँदै ३ दिन भित्र उक्त स्थानमा भएको निर्माण सामाग्री र निर्माण भएको संरचना हटाउनु नभए स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारवाही हुने चेतावनी सो पत्रमा दिइएको छ ।
यस विषयमा व्यापारी अशोक पालिखेले भने–‘फिर्के खोलाले हाम्रो जमिनको भित्ता तिर हान्यो, पोहोर पनि हान्यो अहिले पनि बाढी आउन सक्छ हान्छ भनेर जमिन मूनि मात्र संरचना बनाउन लागिएको हो । बाहिर मिच्नका लागि होइन र मिच्ने पनि छैनौं ।’
विवादित व्यापारी पालिखेले फिर्के खोला मिचेर पोखरा महानगरपालिकाको मापदण्डलाई लत्याएका मात्र छैनन्, मेयर आचार्यलाई ठाडै चूनौंती दिदैं आफ्नो काम निरन्तर अघि बढाईरहेका पनि छन् । तर मेयर आचार्यले दिएको अल्टिमेटम भित्र निर्माण भएका संरचना र थुपारिएका निर्माण सामाग्री नहटाएमा के हुन्छ, त्यो हेर्न भने बाँकी नैं छ ।
तर, पोखरामा व्यापारी पालिखेले सञ्चालन गरेका अन्य व्यवसायहरु समेत यस्तै विवादित हुँदै आईरहेका छन् । उनकैं संलग्नतामा सञ्चालित पोखराको गैह«ापाटनमा रहेको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर पनि यसैको ज्वलन्त एक उदाहरण हो । पटक–पटक चरम लापरवाहीका कारण विरामीको मृत्यु हुँदा लाखौं रुपैयाँ क्षतिपूर्ति तिर्दै घटना गुपचुप बनाउने कार्यमा समेत व्यापारी पालिखेको टिमले निकै बदनाम कमाई सकेको छ । उनको संलग्नतामा सञ्चालित स्कुलदेखि कलेजसम्मका भवन निर्माण कार्य कुनै पनि तोकेको मापदण्ड भित्र नरहेको जानकारहरु बताउँछन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए