News Portal

ताजा शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

नावालिका करणी मुद्दामा फरार ७१ वर्षीय तारानाथ तिवारी पक्राउ

१९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति

पोखरा महानगरपालिका वडा नं. २८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारी

पोखरा, २४ पुस । अपाङ्गता भएकी नावालिकालाई जबरजस्ती करणी गरेर फरार भएका पोखरा महानगरपालिका वडा नं. २८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई प्रहरीले घरैबाट पक्राउ गरेको छ । दुई दिन अघि पक्राउ परेका तिवारीलाई कास्की जिल्ला अदालतले फैसला बमोजिम १९ वर्ष कैदका लागि कारागार पठाएको छ ।

अदालतले फरार तिवारीलाई १९ वर्ष ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाका साथै पीडितलाई दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । तिवारीले २०७६ साउन ७ गते अपाङ्गता भएकी नावालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र २०७७ असोज २७ गतेको फैसलाबाट तिवारीले सफाई पाएका थिए ।

जिल्ला अदालतले गरेको फैसलालाई २०७९ वैशाख १४ गते उच्च अदालत पोखराले उल्टाउँदै तिवारीलाई दोषी ठहर गरेको थियो । उच्च अदालतले तिवारीलाई जबरजस्ती करणी मुद्दामा १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने ठहर गरेको थियो ।