News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

‘हनी ट्रयाप’को आरोपमा दुई महिलासहित तीनजना पक्राउ

बलात्कारको आरोपमा फसाई दिने भन्दै घरजग्गा किनिदिन ५ करोड रुपैयाँ बार्गेनिङ

दाङ, २५ मंसिर । हनी ट्रयापमा पारेर करोडौं ठगी गर्ने उद्देश्यले धम्की दिने दुई महिलासहित एक पुरुषलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रेम सम्बन्धको नाटक गरेर करोडौं रकम वार्गेनिङ गरेको आरोपमा गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ दशरथ टोलमा बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराजसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा तुलसीपुर १८ ग्वारखोलाकी ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसी रहेका छन् । पीडित भनिने दाङका ४५ वर्षीय विवाहित पुरुषसँग डिर्भोस गरेर बसेकी एक महिला कृष्णा गहतराजले सामान्य चिनजानपछि रकम असुल्न थालेकी थिईन् ।

पछि उनले आफूले भनेजति पैसा नदिए बलात्कारको आरोपमा फसाई दिने भन्दै घरजग्गा किनिदिन ५ करोड रुपैयाँ बार्गेनिङ गर्दै आईरहेकी थिईन् । अन्य दुईजना समेत मिलेर पीडितको घर परिवारलाई समेत टर्चर दिन थालेपछि यो घटना प्रहरीकोमा आईपुगेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमका अनुसार उनीहरूले एक पुरुषसँग बार्गेनिङ गरी ठूलो रकम लिन खोजिरहेको अवस्थामा मंसिर १६ गते पक्राउ गरी थप अनुसन्धान अगाडि बढाईएको हो ।

डनन्यूज ट्रेन्डिङ