
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १६ मंसिर । प्रत्यक्ष अवलोकनमा आधारित महिला हस्तकला तथा सिप तालिम प्रदर्शनीको विहीबार महिला सिप विकास संस्थाको सभाहलमा प्रमुख अतिथि सिटिइभिटीको आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयकी प्रिन्सिपल मोतीमाया सुवेदीले उद्घाटन गरिन् ।
कार्यक्रमको उद्घाटन गर्दै सुवेदीले प्रशिक्षार्थीलाई सक्रियातापूर्वक सहभागी भएर तालिमबाट दक्षता हाँसिल गर्न आग्रह गर्दै निःशुल्क हातमा सिप र दिमागमा ज्ञान लिन पाइने अवसरको सदुपयोग गर्न जोड दिइन । आफूले आफैलाई बनाउनका लागि केही कुरामा त्याग गर्नै पर्ने भएकाले १२ दिनको सिप सिकाईलाई पहिलो पाइला मान्न आग्रह गरिन् ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काले सिप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर उठ्दैन् सिकेको सिपलाई निरन्तरता दिनुपर्छ । तालिम लिएपछि प्रमाणपत्रमा मात्रै सीमित नराखी व्यवहारमा उतारेर उद्यमी बन्न आग्रह गरिन । संघकी कोषाध्यक्ष गोमा ढकालले हामी महिलाको समय त्यसै खेर गइरहेको हुन्छ त्यसलाई सदुपयोग गरेर दुईचार पैसा आर्जन गर्दा आत्मनिर्भरताको बाट समात्न सजिलो हुन्छ । महिलाहरूले उत्पादन गरेको हस्तकलाका सामग्रीको विक्रीकक्ष आवश्यक रहेको बताइन् ।
पोखरा उद्योग वाणिज्य संघले यही मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रस्थित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ को छेको पारेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय र कास्की पोखरा हस्तकला संघको सहकार्यमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा सिप तालिम प्रदर्शनी सञ्चालन गरिएको हो ।
औद्योगिक व्यापार मेलामा महिला हस्ताकलाका सामग्रीको प्रदर्शनी र प्रत्यक्ष रूपमा सिप सिकाइ र तालिमको अवलोकन गरी लाभ लिन सकिने छ । तालिममा २० जना महिलालाई सिप सिकाइने छ । गुडिया र कुसन बनाउने तालिमका लागि कविता विसुङ्खे र प्राकृतिक रेशा एवम् खोस्टाबाट हस्तकलाका सामग्री बनाउने सिपका लागि हिमकुमारी पुनले प्रशिक्षकको भूमिका निर्वाह गर्ने कुरा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले जानकारी दिएकी थिइन् ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काको सभापतित्वमा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन संघका सचिव बुद्धि पुर्जाले गरेका थिए भने संघकी उपाध्यक्ष सीता गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन