News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पर्वतमा एमालेको ‘क्लिन स्वीप’

पर्वत, ८ मंसिर । पर्वतमा नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ ‘क्लिन स्वीप’ गरेको छ । ५ दलीय गठबन्धन, स्वतन्त्र उम्मेदवार लगायतलाई हराउँदै पर्वतमा प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी, प्रदेशसभा (१) मा भक्त कुँवर र प्रदेशसभा (२) मा मित्रलाल बस्याल निर्वाचित भएका हुन् ।

५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई २ हजार २ सय ६३ मतान्तरले एमालेका गिरीले पराजित गरेका थिए । एमालेका गिरीले २९ हजार ८ सय ७२ मत ल्याएका थिए भने कांग्रेसका उम्मदेवार जोशीले २७ हजार ६ सय ९ मत ल्याएका थिए ।

प्रदेशसभा (१) मा एमालेका भक्त कुँवरले ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुदीप कुँवरलाई २ हजार ३ सय ३९ मतान्तरले पराजित गरेका थिए । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी माओवादीका सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गरेका थिए ।

डनन्यूज ट्रेन्डिङ