News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

गोरखामा माओवादी अध्यक्ष प्रचण्ड विजयी

'अध्यक्ष प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त, झण्डै १४ हजार मतान्तर'

गोरखा, ८ मंसिर । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले निर्वाचित भएका छन् । आफ्ना विपक्षीलाई झण्डै १४ हजार मतान्तरले माओवादीका अध्यक्ष प्रचण्डले २६ हजार १ सय ३ मत प्राप्त गरेका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएका थिए । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् ।

गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।

डनन्यूज ट्रेन्डिङ