News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कास्की क्षेत्र नंं. २ ‘ख’ मा काँग्रेसका विन्दुकुमार थापा विजयी

पोखरा, ८ मंसिर । कास्की क्षेत्र नं. २ ‘ख’ प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी भएका छन् । सत्तारुढ ५ दलका साझा उम्मेदवार नेपाली काँग्रेसका थापाले १ हजार ३ सय १० मत अन्तरले नेकपा एमालेका उम्मेदवार मिना गुरुङलाई पराजित गरेका थिए ।

गण्डकी प्रदेशका निवर्तमान कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री थापाले ९ हजार २ सय ७९ मत प्राप्त गर्दा गण्डकी प्रदेशकी निवर्तमान सांसद नेकपा एमालेकी मिना गुरुङले ७ हजार ९ सय ६९ मत प्राप्त गरेकी छिन् । त्यसैगरी, राप्रपाका युवा नेता अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा २३ हजार १ सय ४७ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा पनि कास्की क्षेत्र नं. २ (ख)बाट वाम गठबन्धनका साझा उम्मेदवार तत्कालिन माओवादी कास्कीका इन्चार्ज राजकाजी गुरुङ ‘करण’लाई ८ सय २ मतान्तरले पराजित गरेका थिए । थापाले १० हजार ७ सय २६ मत प्राप्त गर्दा माओवादीका गुरुङले ९ हजार ९ सय २४ मत ल्याएका थिए ।

डनन्यूज ट्रेन्डिङ