News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई विजयी

पोखरा, ८ मंसिर । कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । सत्तारुढ ५ दलको गठबन्धनका उम्मेदवारलाई तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछाडि पार्दै नेकपाकी भट्टराईले जीत हात पारेकी हुन् ।

सुरुवाती चरणमा अघि बढिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतले पछि पार्दै उनी विजयी भएकी हुन् । भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरेकी थिईन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गरेका थिए ।

त्यसै गरी गठबन्धका तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए ।

डनन्यूज ट्रेन्डिङ