News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कास्की क्षेत्र नं. १(२)मा एमालेका श्याम गुरुङ विजयी

कास्की १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’

पोखरा, ७ मंसिर । कास्की क्षेत्र नं. १ (२)को प्रदेशसभा सदस्यमा नेकपा एमालेका बेदबहादुर गुरुङ (श्याम) निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै गुरुङले जीत हासिल गरेका हुन् ।

एमालेका श्यामले १२ हजार ६ सय ६१ मत ल्याउँदा दीपकले ११ हजार ७ सय ९४ मत ल्याएका थिए । निर्वाचित ५२ वर्षीय गुरुङ यसअघि कास्कीको मादी गाउँपालिका अध्यक्ष थिए । उनी राजनीतिमा आउनुअघि कला क्षेत्रमा आबद्ध थिए । कास्की क्षेत्र नं. २ (१) मा पनि एमाले उम्मेदवार भीम कार्की विजयी भएका थिए ।

डनन्यूज ट्रेन्डिङ