News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

तारेबराह निमाविमा नेकपा बहुमतका कार्यकर्ताद्वारा मतपेटिका तोडफोड, ३ जना पक्राउ

पोखरा, ४ मंसिर । चुनाव बहिष्कार गरौं भन्दै विरोधमा उत्रिएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) कास्कीले आज मतपेटिका नै तोडफोड गरिदिएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित लुम्रे भन्ने स्थानमा रहेको तारे बराह निमाविमा नेकपा (बहुमत)का कार्यकर्ताले मतपेटिका नै तोडफोड गरेका हुन् ।

नेकपा (बहुमत)का कार्यकर्ताले निर्वाचनको मतपेटिका नैं फोडेपछि सुरक्षाकर्मीले पक्राउ गर्दै ।

मतपेटिका तोडफोड गरेको अभियोगमा कास्की प्रहरीले नेकपा (बहुमत)का ३ जना नेतालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा नेकपाका इलाका सदस्य एवं युवा जनस्वयंसेवकका जिल्ला कोषाध्यक्ष सूर्य परियार, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं पार्टी जिल्ला सदस्य हरि विष्ट र युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य एवं पार्टी जिल्ला कमिटि सदस्य निशान बाबु पुन रहेका छन् ।

डनन्यूज ट्रेन्डिङ