
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २२ कार्तिक । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन मुख्य प्रायोजक संस्था सुजल डेरी प्रालिसँग छलफल गरेको छ ।
आगामी फागुन ६ गते आयोजना हुने सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने पोखरा म्याराथनको तयारी सुरु भएसँगै छलफल सुरु गरेको जनाएको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार विगतका केही संस्करणहरु कोभिड–१९का कारण फरक–फरक मितिमा आयोजना हुँदै आएको पोखरा म्याराथनका सम्पूर्ण इभेन्टहरु एकैपटक हुने जानकारी दिए ।
उनले भने–‘विगतमा कोभिड–१९ का कारण हामीले फरक–फरक मितिमा पोखरा म्याराथन आयोजना गर्दै आएका थियौं तर अब सबै इभेन्टहरु एकै दिन एकैपटकमा म्याराथन सहित ६ वटा इभेन्टहरु हुनेछन् ।’
नेपालको जेठो म्याराथनको रुपमा रहेको पोखरा म्याराथनको रुटलाई अन्तर्राष्ट्रिय एथलेटिक्सहरुको छाता संस्था (एम्स)ले प्रमाणित गरिसकेको बताउँदै रुट प्रमाणिकरणसँगै पोखरा म्याराथनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको अध्यक्ष पराजुलीको भनाई थियो ।
मुख्य प्रायोजनसँगको बैठकले फागुन ६ गतेको हुने पोखरा म्याराथनलाई सफल बनाउन प्रचार–प्रसारसँगैं व्यवस्थापन पक्षलाई चुस्त बनाउन जोड दिएको उनले जानकारी दिए । ‘पोखरा म्याराथनमा यो वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरुको सहभागिता संख्या बढ्ने भएकोले पनि हामीले एक साता अगावै दर्ता प्रक्रिया रोक्ने विषयमा समेत गहन छलफल चलाएका छौं’, उनले भने–‘त्यस्तै पोखरा महानगरको सहकार्यमा पोखरा महानगरसँग भगिनी सम्बन्ध रहेका विश्वका विभिन्न शहरका खेलाडीलाई समेत निमन्त्रणा पठाईसकेका छौं ।’
छलफलमा मञ्चका अध्यक्ष पराजुली सहित निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ, प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष खेम गुरुङ, कोषाध्यक्ष महेश पौडेल, कार्यसमिति सदस्य दिनेश श्रेष्ठ र मुख्य प्रायोजन सुजल डेरी प्रालिका ब्राण्ड म्यानेजर रोबिन काफ्ले, मार्केटिङ म्यानेजर विकाश कार्की, सुरो एडर्भटाइजिङका कार्यकारी निर्देशक द्वय सिदिप रेग्मी र रोशन रावतको सहभागिता रहेको थियो । मञ्चले १७ औं संस्करणको पोखरा म्याराथनका लागि पुरस्कार राशीमा समेत भारी वृद्धि गरिएको जनाउँदै चाँडै नै विस्तृत रुपमा जानकारी दिने जनाएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ