
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा, २२ कार्तिक । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन मुख्य प्रायोजक संस्था सुजल डेरी प्रालिसँग छलफल गरेको छ ।
आगामी फागुन ६ गते आयोजना हुने सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने पोखरा म्याराथनको तयारी सुरु भएसँगै छलफल सुरु गरेको जनाएको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार विगतका केही संस्करणहरु कोभिड–१९का कारण फरक–फरक मितिमा आयोजना हुँदै आएको पोखरा म्याराथनका सम्पूर्ण इभेन्टहरु एकैपटक हुने जानकारी दिए ।
उनले भने–‘विगतमा कोभिड–१९ का कारण हामीले फरक–फरक मितिमा पोखरा म्याराथन आयोजना गर्दै आएका थियौं तर अब सबै इभेन्टहरु एकै दिन एकैपटकमा म्याराथन सहित ६ वटा इभेन्टहरु हुनेछन् ।’
नेपालको जेठो म्याराथनको रुपमा रहेको पोखरा म्याराथनको रुटलाई अन्तर्राष्ट्रिय एथलेटिक्सहरुको छाता संस्था (एम्स)ले प्रमाणित गरिसकेको बताउँदै रुट प्रमाणिकरणसँगै पोखरा म्याराथनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको अध्यक्ष पराजुलीको भनाई थियो ।
मुख्य प्रायोजनसँगको बैठकले फागुन ६ गतेको हुने पोखरा म्याराथनलाई सफल बनाउन प्रचार–प्रसारसँगैं व्यवस्थापन पक्षलाई चुस्त बनाउन जोड दिएको उनले जानकारी दिए । ‘पोखरा म्याराथनमा यो वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरुको सहभागिता संख्या बढ्ने भएकोले पनि हामीले एक साता अगावै दर्ता प्रक्रिया रोक्ने विषयमा समेत गहन छलफल चलाएका छौं’, उनले भने–‘त्यस्तै पोखरा महानगरको सहकार्यमा पोखरा महानगरसँग भगिनी सम्बन्ध रहेका विश्वका विभिन्न शहरका खेलाडीलाई समेत निमन्त्रणा पठाईसकेका छौं ।’
छलफलमा मञ्चका अध्यक्ष पराजुली सहित निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ, प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष खेम गुरुङ, कोषाध्यक्ष महेश पौडेल, कार्यसमिति सदस्य दिनेश श्रेष्ठ र मुख्य प्रायोजन सुजल डेरी प्रालिका ब्राण्ड म्यानेजर रोबिन काफ्ले, मार्केटिङ म्यानेजर विकाश कार्की, सुरो एडर्भटाइजिङका कार्यकारी निर्देशक द्वय सिदिप रेग्मी र रोशन रावतको सहभागिता रहेको थियो । मञ्चले १७ औं संस्करणको पोखरा म्याराथनका लागि पुरस्कार राशीमा समेत भारी वृद्धि गरिएको जनाउँदै चाँडै नै विस्तृत रुपमा जानकारी दिने जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो