
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
युवा व्यवसायी विकास भुर्तेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा सक्रिय छन् । पार्टीको गण्डकी प्रदेश समिति सदस्य एवं आइटी विभाग प्रमुख भएर उनले जिम्मेवारी बहन गरिरहेका छन् । मंसिर ४ गते हुने आसन्न निर्वाचनका लागि उनले पार्टीको तर्फबाट कास्की क्षेत्र नं. २ को निर्वाचन परिचालन समिति संयोजक भएर चुनावी कमाण्डर बनेका छन् । यसैक्रममा चुनावी अभियान र पार्टीमा केन्द्रित रहेर भुर्तेलसँग गरिएको कुराकानीः
राष्ट्रिय स्वतन्त्र पार्टीमा किन लाग्नुभयो ?
म बिगत १६ वर्षदेखि आइटी व्यवसायमा आबद्ध छु । व्यवसायमा सक्रिय हुने क्रममा राजनीति प्रति पनि चासो हुनु स्वभाविक हो । विशेष गरी सामाजिक काममा म विभिन्न संस्थामार्फत निरन्तर सक्रिय रहँदै आएको छु । पछिल्लो समय पुराना राजनीतिक दलप्रति आम जनतामा विस्तृष्णा बढिरहेको छ । अब युवाहरु परिवर्तनको पक्षमा उभिनुपर्छ र राजनीतिमा पनि विकल्प सोच्नुपर्छ भन्ने मान्यताले मैले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने सोचेको हुँ । जस अन्तर्गत अहिले म पार्टीको गण्डकी प्रदेश समिति सदस्य तथा आइटी विभाग प्रमुख भएर काम गरिरहेको छु ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति तपाईं आकर्षित हुनुको मुख्य कारण के हो ?
सबैभन्दा महत्वपूर्ण पक्ष भनेको पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णा नै हो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका नीति तथा योजनाहरु मलाई मन परेको छ । जनतामा आशा बढाउने गरी पार्टीले एउटा उत्साह बढाएको छ । पुराना पार्टीहरु व्यवस्था परिवर्तनमा सफल भए तर अवस्था परिवर्तन गर्न सकेनन् । अब यो पार्टीले देश र जनताको अवस्था परिवर्तन गर्नेछ भन्नेमा विश्वस्त छु । अर्को महत्वपूर्ण पक्ष भनेको पार्टीले डिजिटल डेमोक्रेसी अवधारणालाई अगाडि सारेको छु । म पनि आइटी व्यवसायमा आबद्ध भएको व्यक्ति भएकाले यो अवधारणालाई अंगीकार गर्न अग्रसर भएको छु । अबको युग भनेको डिजिटल तथा सूचना, प्रविधिको हो । यसलाई राजनीतिक दलहरुसँगै देशले पनि प्राथमिकतामा राख्नुपर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा सूचना तथा प्रविधिको प्रयोग कस्तो छ ?
देशभर नै पार्टीले सूचना तथा प्रविधिलाई भरपुर प्रयोग गर्दै चुनावी अभियान अगाडि बढाएको छ । गण्डकी प्रदेशमा पनि यसको प्रयोग व्यापक भइरहेको छ । उम्मेदवार छनोटमा पनि हामीले वेवसाइट र मोबाइल एप्लिकेसनको माध्यमबाट अनलाइन आवेदन लियौं । अनलाइन भोटिङ मार्फत नै लोकप्रिय उम्मेदवार छनोट गरी उम्मेदवारी अभियान अगाडि बढायौं, यसैबाट पनि पुष्टि हुन्छ पार्टीले सूचना तथा प्रविधिलाई सधैं प्राथमिकतामा राख्छ र राख्नेछ ।
आसन्न निर्वाचनका लागि कास्की क्षेत्र नं. २ को निर्वाचन परिचालन समिति संयोजक हुनुुहुन्छ । कस्तो छ चुनावी अभियान ?
अन्य क्षेत्रमा जस्तै गरी कास्की २ मा पनि चुनावी अभियान अगाडि बढिरहेको छ । हामीले चुनावी अभियानका क्रममा डिजिटल प्रचारप्रसारलाई पनि प्राथमिकतामा राखेका छौं । त्यसका साथै जनताको घरघरमा जाने र चुनावी अभियान अगाडि बढाउने तयारी पनि भइरहेको छ । जनताको उत्साहजनक साथले हामी पनि उत्साही छौं । कास्की क्षेत्र नं. २ मा हामीले शिक्षा तथा व्यावसायिक क्षेत्रमा लामो समयको अनुभव संगालेका व्यक्तिलाई उम्मेदवार बनाउन सफल भएका छौं । उहाँले कास्की क्षेत्र नं. २ को भुगोल एवं यहाँको जनताको पिर मर्कालाई नजिकबाट चिन्नुहुन्छ । यहाँका जनताले नयाँ विकल्पसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललार्ई विजयी गराउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।
जनताले नयाँ पार्टीलाई मत दिनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
पुराना पार्टीलाई जनतालाई सधैं विजयी गराउँदै आए । पुराना पार्टीबाट कुनै पनि राम्रो काम भएको महसुस भएको छैन । हाम्रो पार्टीले नयाँ योजनासहित जनतामा आएको छ । जनताबाट उत्साहजनक मत प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौं । कास्कीका ३ वटै सिटमा हामी विजयी हुने गरी अगाडि बढेका छौं । प्रदेशका अन्य जिल्लामा पनि हाम्रो पार्टीका पक्षमा माहोल राम्रो छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन