
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
पोखरा, १७ कात्तिक । नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीलाई समाचार संकलनको क्रममा प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति महासंघले विरोध जनाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले माफि मागेको छ । प्रहरी जवानको कमजोर बुझाईका कारण पत्रकार नेपालीमाथि दुर्व्यवहार हुन पुगेको भन्दै आउँदा दिनमा प्रहरीबाट त्यस्तो व्यवहार नदोहोरिने जिप्रका कास्कीले प्रतिबद्धता जनाएको छ ।
विहिबार विहान म्यादी प्रहरीसम्बन्धि समाचार संकलन गर्न पोखरा नयाँबजारस्थित प्रदर्शनीकेन्द्र पुगेका नेपालीलाई त्यहाँ रहेका प्रहरी जवानले दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारपश्चात पत्रकार नेपालीले आफुलाई प्रहरीले समाचार संकलनमा अवरोध गरेको कुरा पत्रकार महासंघलाई जानकारी दिएका थिए । विहिबार पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीसहितको पत्रकारको टोली प्रहरीले गरेको दुर्व्यवहारको घटनामा प्रहरी प्रशासन सच्चिन जरुरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसी समक्ष पुगेका थिए ।
दुर्व्यवहारमा परेका पत्रकार नेपाली सहित पुगेको पत्रकार महासंघ कास्कीको टोलीसमक्ष एसपी केसीले बुझाईको समस्याले घटना हुन पुगेको भन्दै नेतृत्वको हिसाबले आफूले माफि माग्ने बताए । उनले अबका दिनमा पत्रकारहरुलाई सहज र विधिमा रहेर रिपोर्टिंग गर्ने सवालमा आफू मातहतका सबै प्रहरीहरुलाई सम्झाईबुझाई गर्ने वचन दिए । ’नजिकिँदै गरेको चुनावलाई लक्षित गरेर हामीले धेरै कुराहरु गर्नुछ । र, प्रहरीले पत्रकारसँग सहकार्य गरेरै चुनावलाई अझै बढि परिस्कृत गराउन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु ।’ केसीले भने–‘प्रेस स्वतन्त्रताको सवालमा हामी सचेत छौँ र मातहतका सबै तहका प्रहरीहरुलाई हामीले त्यसबारेमा परामर्श पनि दिनेछौँ ।’
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले प्रहरी प्रशासनले पत्रकारहरुलाई हेर्ने गलत नजरकै कारण यस्तो घटना हुने गरेको बताउँदै पत्रकारिताप्रति प्रहरीको सोँच फेरिन जरुरी रहेको बताईन् । साथै उनले कुनै पनि वहानामा पत्रकार माथिको धरपकड पत्रकार महासंघका लागि सह्य नभएको प्रस्ट पारिन् ।’
चुनावको बेला छ । पत्रकारहरु पनि यो समयमा रिपोर्टिंगका लागि धेरै ठाऊँमा पुग्नुपर्ने हुन्छ । तर रिपोर्टिंगको बेलामा प्रशासनको व्यवहार रुखो हुँदै आएको विगतका ईतिहास पनि छन् । त्यसैले प्रहरी र प्रशासन यो सवालमा सच्चिन जरुरी छ ।’ भण्डारीले भनिन्–‘यदि प्रहरीले पत्रकारलाई पेशागत कारणले नै फरक व्यवहार देखाउने हो भने हामी पनि संगठित रुपमा फरक तरिकाले सोँच्नुपर्ने हुनसक्छ ।’
दुर्व्यवहारमा परेका पत्रकार विजय नेपालीका अनुसार उनी रिपोर्टिंगको क्रममा म्यादी प्रहरीहरुको कार्यक्रममा पुगेर फोटो लिँदा त्यहाँ रहेका प्रहरीले उनलाई जबरजस्ती फोटो डिलिट गर्न लगाई जबरजस्ती कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए । ’म पत्रकार हुँ, मैले समाचारको लागि फोटो खिचेको हुँ भन्दा पनि मलाई रिसाइकल बिनबाट समेत जबरजस्ती फोटो हटाउन लगाईयो ।’पत्रकार नेपालीले भने-‘र, त्यसपछि मलाई दुर्व्यवहारपुर्ण तरिकाले कार्यक्रमस्थलबाट निकालियो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार महासंघको अगुवाईमा भएको छलफलपछि भने मलाई केही राहत महशुस भएको छ ।’ पत्रकार महासंघलाई धन्यबाद दिँदै उनले आफूलाई दुर्व्यवहार गरेपनि यस्तै घटना अब दोहोरिन नहुने बताए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?