
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
मंसिर ४ मा हुने आमनिर्वाचनको रौनक देशैभरी छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी भूमिका निर्वाह गर्ने प्रण गर्छन् । उनीसँग चुनाव केन्द्रित भई गरिएको कुराकानीः
कास्कीको २ (१) पाँच दलीय गठबन्धन भए पनि सहज जित्छौं भनी एमालेले दाबी गरेको क्षेत्र हो । उम्मेदवारी दर्तापछि भेटघाट, प्रतिक्रिया र यहाँको आफ्नै ठम्याइचाहिँ कस्तो छ ?
पहिलो कुरा त जनताले पटक पटक एउटैले, एउटै टिमले नेतृत्व गरोस् भन्ने चाहदैनन् । नेपाली जनता हरेक पल्ट परिवर्तन चाहन्छन् । त्यसैले परिवर्तनको जित हुन्छ भन्नेमा जनमत छ । मलाई भेटघाट, कुराकानी, छलफलमा जनताले ठूलै समर्थन दिएको पाएको छु ।
तपाई पार्टीको इमान्दार नेता, अघिल्लो स्थनीय निर्वाचनमा पार्टीको आदेशले उम्मेदवारी फिर्ता लिनुभएको थियो । अहिलेको चुनावी परिचालन कस्तो भइरहेको छ ?
परिचालनभन्दा पनि जितको पहिलो कारण एजेन्डा हो, विचार हो । मैले पोखरा कस्तो बनाउने भन्ने भिजन दिन सक्छु भन्ने हो । समग्र पोखरेलीले मेरो क्षेत्रका मतदाताले प्रष्टसँग बुझिसक्नु भएको छ कि मैले कति काम गर्न सक्छु, कसरी काम गर्न सक्छु । मैले कति काम गरेको छु, उहाँहरुले मूल्यांकन गर्नुभएको छ । आगामी दिनमा म आफ्नो स्पष्ट कार्ययोजनाका साथ अघि बढ्छु । त्यसैले हिजोदेखि आजसम्मको स्थिति हेर्ने हो भने सधै एउटै होइन कि नयाँ एजेन्डाका साथ हामीअघि बढेका छौं ।
तपाईको गठबन्धनको, पार्टीको घोषणापत्र, अवधारणपत्रहरु त आउलान् नै । तपाईले अहिले तय गरिसकेकाका केही एजेन्डा छन् ?
पहिलो एजेन्डा सुशासन हो । नेपाली जनताले करिब सात दशकसम्म अनवरत रुपमा संघर्ष गरेर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यौं । अझै पनि भ्रष्टाचार कम भएको छैन । आर्थिक पारदर्शितासहितको सुशासन मेरो पहिलो एजेन्डा हो । दोस्रो आर्थिक परिवर्तन हो, निम्न, मध्यम वर्गका जनताको समृद्धि र जीवनस्तरमा कसरी परिवर्तन गर्ने भन्ने हो । मेरो तेस्रो एजेन्डा हो, विकास । पोखरा आफैंमा सुन्दर छ । मेरो निर्वाचन क्षेत्र भनेको पोखराको पनि मुटु हो । महानगरको बीचको दक्षिणतर्फको भूभाग पर्छ ।
डेमसाइडलाई कस्तो बनाउने, नयाँ विमानस्थल बनिसकेपछि पुरानो एअरपोर्टको करिब ११ सय रोपनी जग्गा हामीसँग हुन्छ । त्यसमा अन्तर्राष्ट्रिय स्तरको सेवा, सुविधासहितको सुन्दर हरियाली पार्क बनाउने हाम्रो योजना छ । पोखरा उपत्यका चक्रपथ निर्माण गर्ने हाम्रो योजना छ । पुडिटारदेखि भरतपोखरी, निर्मलपोखरी, कृस्ति हुँदै पुम्दीपुम्दीको सिद्धार्थ राजमार्गमा जोड्न सकिन्छ । यो बाइपास रोड पनि बन्न सक्छ । यी ठूला आयोजनादेखि साना आयोजना हामी निर्माण गर्छाैं । मेरो क्षेत्रमा सेती नदी पर्छ ।
नदीको संरक्षण गर्दै तटबन्धहरु निर्माण गर्नुपर्ने छ । फुस्रे खोलामा पनि केही ठाउँमा तटबन्ध बनाउनुपर्ने छ । मेरो क्षेत्रमा तीन खालका भूभाग छन् । एउटा छ, सहरी भाग । त्यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरिनेछ । ग्रामीण क्षेत्रहरुलाई उत्पादन र आयआर्जनसँग जोड्नु अपरिहार्य छ । कृषिको आधुनिकीकरण, व्यवसायीकरण गर्दै विशेष कृषि जोनको रुपमा त्यो क्षेत्रलाई विकास गर्नुपर्ने देखिन्छ । अहिले हामी प्रारम्भिक खाका तयार गरिरहेका छौं, यसको विस्तृत रुप हाम्रो घोषणापत्रमा आउँछ ।
अघिल्लो चुनावमा बाम गठबन्धन भनेर आउनुभएको थियो, अहिले कांग्रेससँग गठबन्धन छ । अहिलेको गठबन्धनका साझा एजेन्डा र आधार के हुन् ?
कांग्रेस र हाम्रा केही एजेन्डा मिलेका छन् । हिजो विपीले प्रजातान्त्रिक समाजवाद भन्नुभएको थियो, कमरेड पुष्पलालले चाहिँ समाजवादको कुरा गर्नु भयो । निरंकुशलाई फाल्ने समान एजेन्डाका साथ जानुपर्छ भन्ने उहाँहरुको आदर्श थियो । त्यो अनुसार अहिले आउँदा के देखियो भने संविधानको रक्षा र कार्यान्वयन गर्ने क्रममा प्रतिगमनलाई फाइदा हुने गरी पटक पटक समस्या देखिए । यो सबै नेपालीलाई थाहा भएकै कुरा हो । जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्नका लागि हाम्रो गठबन्धन बनेको हो ।
अर्काे कुरा, यो राजनीतिक परिवर्तनपछि जनताले ठूलो आशा गरेका थिए । आर्थिक, सामाजिक रुपान्तरण र समृद्धिको अपेक्षा थियो । त्यसो हुन सकेन । त्यसैले समृद्धिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेरमात्र समृद्धि आउन सक्छ भनेर केन्द्रमा गठबन्धन बन्यो, त्यो गठबन्धन जगसम्म पु¥याउने गरी हामीअघि बढेका छौं ।
५ वर्षअघि मात्र स्थापना भएको प्रदेशको विधायिका भन्ने यात्रामा हुनुहुन्छ । तपाई आफैंले तयार गरेको प्रदेशको चित्रचाहिँ कस्तो छ ?
संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य भावना भनेको संघीयता नै हो । संघीयताको कार्यान्वयन गर्दा प्रदेश सरकारले स्थानीय र केन्द्रको बीचमा रहेर सँगसँगै लैजाने संयन्त्र हो । केन्द्रले ठूला गौरवपूर्ण ठूला आयोजना चलाउने, प्रदेशले प्रदेशका आवश्कता अनुसारका योजना बनाउने, स्थानीय सरकारले स्थानीय अवश्यकता अनुसारका योजना चलाउने भन्ने हो । नेपाली जनताले जनताले सिंहदरबारको अधिकार घरदैलोमा पाएका छन् । यो उपलब्धिलाई संस्थागत गर्न, अधिकारै दिनचाहिँ प्रदेशलाई बलियो बनाउनै पर्छ ।
पोखरा प्रदेशको राजधानीमात्र होइन, देशकै पर्यटनको राजधानी हो । यसको जिम्मेवारी अहं छ, पोखरा कस्तो छ, त्यसको आधारमा गण्डकी प्रदेशको परिचय हुन्छ । नीति, नियम निर्माण, विकास निर्माणका खाका तयार गर्नेदेखि समाजलाई सुशासन, पारदर्शिता र मानवीय विकासमा योगदान गर्ने खालको प्रदेश सरकार चाहिन्छ । शिक्षा, स्वास्थ्यलाई मौलिक हक मानिएको अवस्थामा नागरिकको यी हकमा पहुँच पु¥याउनु जरुरी छ ।
कास्की २ (१) मा कस्ता समस्या छन्, र कस्ता सम्भवना देख्नुभएको छ ?
यो सम्भावनै सम्भावना भएको क्षेत्र हो । एउटा सहरी क्षेत्र छ, त्यो पनि पोखराकै सबैभन्दा राम्रो पर्यटकीय क्षेत्रमा पर्छ डेमसाइड । पातले छाँगो, गुप्तेश्वर जस्ता धार्मिक, सांस्कृतिक सम्पदा छन् । बहुमारादेखि पुँडीटारसम्मको समथर भाग छ । ग्रामीण भूभाग रमणीय र दृश्यावलोक गर्न सकिने खालको छ । कृषि उत्पादन र पशुपालनसँगै पर्यटकीय सम्भावना त्यो क्षेत्रमा खोज्न सकिन्छ । त्यहाँ पूर्वाधारहरु निर्माण गरी पर्यटनलाई बढावा दिन जरुरी छ । पर्यटकलाई बैदाम, लेकसाइडमात्र नभई ग्रामीण क्षेत्रसम्म लैजानुपर्छ । पर्यटनको विकास गर्दा पोखराबाट सामान लगेर गर्ने होइन, स्थानीय उत्पादन गर्ने र ती उत्पादन प्रयोग गरी आत्मनिर्भरको बाटोमा लैजानु जरुरी छ ।

कास्की २ (१) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विश्वप्रकाश लामिछाने
चाडै समृद्धिको फड्को मार्न सकिने सम्भावना त छँदै छ, सँगसँगै समस्याहरु पनि छन् । पोखरा महानगर त बनाइयो तर समानुपातिक विकास छैन । पछि थपिएका क्षेत्रलाई महानगरको आभास दिलाउनुपर्ने चुनौती छ । फास्ट ट्रयाक बनाउनु जरुरी छ । केही भाग सहर बनिसकेको छ, केही सहर बन्ने क्रममा छ । सहर बन्दै गरेको क्षेत्रको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाउनुपर्ने छ । यो योजना उचित तवरले कार्यान्वयन गर्न जरुरी छ । ग्रामीण क्षेत्रलाई आवास क्षेत्र, पुँडिटार क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने सम्भवना पनि छ । ठूला अस्पतालहरु अब ग्रामीण क्षेत्रमा बनाउनु पर्छ । विश्वविद्यालय, क्याम्पस, खेलका संरचना ती क्षेत्रमा बनाउनु उचित हुन्छ ।
अन्त्यमा, विश्वप्रकाश लामिछाने, सत्ता गठबन्धन र माओवादी केन्द्रलाई किन मतदाताले मत दिने ?
विश्वप्रकाश लामिछानेले हिजो पोखरालाई चाहिने केही योजना बनायो । केही कार्यान्वयन पनि गरेको छ । विगतमा मैले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेँ, त्यसमा यहाँहरु सबैको साथ रह्यो । अब ती बेला बनाएका योजनाहरु कार्यान्वयन गर्दै यो क्षेत्रको समृद्धिका लागि म चुनावी मैदानमा छु । विश्वप्रकाश लामिछानेले योजना बनाउँछ र दृढतापूर्वक कार्यान्वयन गर्छ भन्ने नागरिकलाई अवगत छ । मेरो क्षेत्रमा मतदाता, नागरिकले यस पटक मलाई यो जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन