
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा,३२ असार । सहकारी संस्था विधि, नीति तथा मूल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कायक्रमका बक्ताहरुले जोड दिएका छन् ।
पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालित सफल बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित एक दिने लेखा तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन् ।
पोखरा वडा नं. १७ का वडाअध्यक्ष एवम् नेकपा एमाले महानगर प्रतिपक्षी दलका नेता राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको समृद्धिको लागि सहकारीहरु उत्पादनसँग जोडिनुको विकल्प नभएको बताईन् ।
सहकारी आर्थिक कारोवारसंगै शेयर सदस्यको जिवनस्तर उकास्ने खालका गतिविधिमा लाग्नु पर्ने बताउँदै वडाध्यक्ष योगीले सहकारी बीच प्रतिष्पर्दा भन्दा पनि सहकार्य र समन्वयको आधारमा अघि वढ्नु पर्नेमा जोड दिईन् ।
कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले तालिमबाट प्राप्त ज्ञान सहकारी सञ्चालनमा उपयोगी बन्ने विश्वास व्यक्त गरे । सहकारी संस्था बीच स्वच्छ प्रतिस्पर्धा एवम् पारदर्शितमा हुनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा संस्थाका शेयर सदस्य पोखरा १७ को वडाअध्यक्ष र बसुन्धरा लामिछाने पोखरा ७ को वडासदस्यमा निर्वाचित हुनु भएकोमा उनीहरुलाई बधाई ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका सञ्चालक समिति, सल्लाहकार विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र कर्मचारीको सहभागिता रहेको उक्त तालिममा सहकारी प्रशिक्षक नारायणप्रसाद आचार्यले प्रशिक्षण दिएका थिए ।
सहकारीका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला, सल्लाहकारव्दय विष्णुबहादुर द्वारे र डिवी भुजेल, उपाध्यक्ष पवित्रा जिसी, लेखा सुपरिवेक्षण समितिका संयोजक रुकुम बहादुर जिसी, शिक्षा उपसमितिका संयोजक रमेश ढुङ्गाना र सचिव गणेश श्रेष्ठ लगायतले सहकारीले गर्दै आएका गतिविधि र भावि कार्यक्रमबारे जानकारी गराएका थिए । पाँच सय शेयर सदस्य रहेको उक्त सहकारी संस्थाको आठ करोड भन्दा बढीको कारोवार रहेको छ ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय