
१जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
३मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
४सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
५कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
६गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
७जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
८कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
९२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१०गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
११कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१२उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा,३२ असार । सहकारी संस्था विधि, नीति तथा मूल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कायक्रमका बक्ताहरुले जोड दिएका छन् ।
पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालित सफल बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित एक दिने लेखा तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन् ।
पोखरा वडा नं. १७ का वडाअध्यक्ष एवम् नेकपा एमाले महानगर प्रतिपक्षी दलका नेता राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको समृद्धिको लागि सहकारीहरु उत्पादनसँग जोडिनुको विकल्प नभएको बताईन् ।
सहकारी आर्थिक कारोवारसंगै शेयर सदस्यको जिवनस्तर उकास्ने खालका गतिविधिमा लाग्नु पर्ने बताउँदै वडाध्यक्ष योगीले सहकारी बीच प्रतिष्पर्दा भन्दा पनि सहकार्य र समन्वयको आधारमा अघि वढ्नु पर्नेमा जोड दिईन् ।
कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले तालिमबाट प्राप्त ज्ञान सहकारी सञ्चालनमा उपयोगी बन्ने विश्वास व्यक्त गरे । सहकारी संस्था बीच स्वच्छ प्रतिस्पर्धा एवम् पारदर्शितमा हुनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा संस्थाका शेयर सदस्य पोखरा १७ को वडाअध्यक्ष र बसुन्धरा लामिछाने पोखरा ७ को वडासदस्यमा निर्वाचित हुनु भएकोमा उनीहरुलाई बधाई ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका सञ्चालक समिति, सल्लाहकार विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र कर्मचारीको सहभागिता रहेको उक्त तालिममा सहकारी प्रशिक्षक नारायणप्रसाद आचार्यले प्रशिक्षण दिएका थिए ।
सहकारीका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला, सल्लाहकारव्दय विष्णुबहादुर द्वारे र डिवी भुजेल, उपाध्यक्ष पवित्रा जिसी, लेखा सुपरिवेक्षण समितिका संयोजक रुकुम बहादुर जिसी, शिक्षा उपसमितिका संयोजक रमेश ढुङ्गाना र सचिव गणेश श्रेष्ठ लगायतले सहकारीले गर्दै आएका गतिविधि र भावि कार्यक्रमबारे जानकारी गराएका थिए । पाँच सय शेयर सदस्य रहेको उक्त सहकारी संस्थाको आठ करोड भन्दा बढीको कारोवार रहेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की