
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
पोखरा, २८ असार । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई सोमबार सम्मान गरेको छ । प्रदेश स्थापना दिवसका दिन पुन देशबाहिर भएकोले पछि विशेष कार्यक्रम गरेर पुनलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पुनलाई सम्मान प्रदान गर्दै अनुसन्धानको क्षेत्रमा देशलाई टेवा पुग्ने गरी निरन्तर काम गरिरहेकोमा खुशी व्यक्त गरे । ग्रामीण भेगमा जन्मिएर पनि अनुसन्धानको क्षेत्रमा पुनले गरेको योगदानको कदर गर्दै गण्डकी प्रदेश सरकारले सम्मान गरेको हो ।
विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नाँगीमा वि.सं. २०११ मा जन्मेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक उनी बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । पुन रोमन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षका लागि गण्डकी सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका थिए ।
समृद्धिका लागि अनुसन्धानको महत्व रहेको भन्दै छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने मुख्यमन्त्री पोखरेलको भनाई थियो । गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको भनाइ राख्दै गर्न लागेको कुनै पनि कामको सफलताका लागि अनुसन्धान महत्वपूर्ण रहने बताए ।
सम्मानपछि पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरू समृद्ध भएको भन्दै अनुसन्धानमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविष्कार केन्द्र खोलेकाले आफू उत्साहित भएको भन्दै गण्डकीमा आविष्कार केन्द्र खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको पुनले बताए ।
प्रदेश सरकारले तयार गरेको कार्यविधिमा गण्डकी रत्नबाट सम्मान हुनेलाई सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्यसरहको मर्यादाक्रम, प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार, हवाई यात्राका क्रममा विमानस्थलमा भिआइपी कक्ष उपयोगको सुविधा, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मेवारी लिने उल्लेख छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, सहकारी, उद्योग, पर्यटन, वातावरण, पूर्वाधार विकास, विपद् व्यवस्थापन, भाषा–संस्कृति, सार्वजनिक प्रशासनलगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिमध्येबाट सम्मान गर्ने गरी गण्डकी रत्नको कार्यविधि बनाइएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए