News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

पोखरामा सार्वजनिक जमिन, प्राकृतिक स्रोतसाधन र सम्पदामाथिको कहाली लाग्दो दोहन

तस्विर : साभार

सार्वजनिक जमिन, प्राकृतिक स्रोत साधनको दोहनलाई नियन्त्रण गर्न नवनिर्वाचित मेयर धनराज आचार्यलाई फलामको चिउरा सावित हुने निश्चित छ । तर कुनै पनि गिरोह, महानगरपालिका कैं कर्मचारीको जालोमा नपरी काम गर्ने हो भने यसको संरक्षणमा ठोस पहल गर्न अवश्य सकिनेछ । हेरौं, नवनिर्वाचित मेयर धनराज आचार्य पोखराको सार्वजनिक जमिन र प्राकृतिक सम्पदाको रक्षामा अब्बल ठहरिने छन् कि उहीँ मेयर जिसी कैं पथमा हिड्नेछन्, त्यो समयले नै देखाउने छ ।

‘रक्षक नै भक्षक’ भएपछि  पोखरामा सार्वजनिक जमिन र प्राकृतिक स्रोतसाधानमाथिको अतिक्रमणको अवस्था कहालीलाग्दो बनेको छ । विभिन्न संघसंस्था, राजनीतिक दल, तिनका भातृ संगठन र व्यक्तिहरुले सार्वजनिक जमिन र प्राकृतिक सम्पदाहरुको अतिक्रमण र चरम दोहन गर्दै आईरहेका छन् ।

राजनीतिक पहुँच मिलाएर सेटिङका भरमा पोखरामा सार्वजनिक जमिन कौंडीको मूल्यमा लुट्ने गिरोह मेयर मानबहादुर जिसीको पालामा सबैभन्दा बढि सलबलाएको देखियो । सेती नदी, पातले छाँगो हुँदै विभिन्न खोला तथा नदीहरुको घाट बषौंसम्मका लागि मेयर जिसीले ठेक्कामा मात्र सुम्पिएनन्, सार्वजनिक जमिनहरु बर्षौंका लागि गिरोहको पाउँमा बुझाए ।

नीति नियम नै मिचेर चोरबाटोबाट आफ्ना ज्वाई र उनको गिरोहलाई सार्वजनिक जमिन कौंडीको भाउमा बर्षौंका लागि दिन मेयर जिसी, उनका ज्वाई राम भण्डारी र सचिवालयका कर्मचारीले जसरी असफल खेल खेले, यसले लुटेराहरुको पहुँच र जनप्रतिनिधिहरुको नियतलाई उदाङ्गो बनाई दिएको छ ।

सार्वजनिक जमिन सेटिङ मिलाएर कौंडीको भाऊमा हडप्ने पुरानो गिरोह मध्येका एक पोखराका व्यापारी आनन्दराज बतासका कर्तुतहरु सञ्चारमाध्यमहरुमा एकपछि अर्को पर्दाफास हुँदै आईरहेका छन् । देखिँदा आध्यात्मिक पहिरनमा देखिने तर भित्री नियत र ध्यान सार्वजनिक जमिन, सम्पत्ति र बैंकको ऋणमा चेपिएर अफठ्यारोमा परेका जनताको सम्पत्ति कसरी हडप्ने भन्ने कुरामा हिडिरहने आनन्दराजसँगै पोखरामा धेरै यस्तै प्रवृत्तिका ‘बतासे’हरुको जन्म भएको छ । जुन श्रृंखला रोकिनुको साटो झन् बढिरहेको छ ।

कुनै समय स्वर्गीय नेता रवीन्द्र अधिकारीका अघिपछि देखिने गिरोह यतिबेला पोखरामा नवधनाढ्यका रुपमा चिनिन थालेको छ । सारा पोखरेलीहरुले बुझेका छन् कि स्वर्गीय नेता अधिकारीको कालोधनले यिनीहरु यतिबेला सलबलाई रहेका छन् । गुन्डा, तस्कर, व्यापारीदेखि पत्रकारसम्मको यो गिरोहले पोखरामा हुने अवैध कामको नेतृत्व र सेटिङ मिलाउँदै आईरहेको छ ।

पोखराको सन्दर्भमा भन्नुपर्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृ संगठनहरुले बजारको मुख्य भागको जमिन नै कब्जा गरेर मजदुर संगठनदेखि सटरहरु भाडामा लगाएर दोहन गर्दै आईरहेका छन् । सहारा क्लबदेखि विभिन्न युवा क्लबले पनि लुट मच्चाई रहेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडानका लागि एउटा डाँडो कटानका लागि राज्यले बर्षौंसम्म प्रकृया पुरा गरेर बल्ल काम थालेको छ तर फेवातालको नजिक रहेको डाँडो पर्यटन व्यवसायी भनिने विप्लव पौडेलले बिना अनुमति धमाधम काटिरहेका छन् । डाँडामा २/३ वटा डोजर नै राखेर उनले राजनीतिक शक्ति, पहुँच र पैसाको उन्मादमा  ताण्डव देखाई रहेका छन् । यसरी डाँडा कटान गर्दा बर्खाले पानीले त्यहाँको माटो बगाएर फेवाताल पुर्ने काम भईरहेको छ । र, पनि पोखरा महानगरपालिका मौंन छ ।

विप्लवको बाराही ग्रुपले सेदीस्थित डाँडा काटेर धमाधम रिसोर्ट बनाईरहेको छ । त्यसैगरी सेदी डाँडा नै खारेर बिएन्डबी हाउजिङले पनि १२ तले अर्पाटमेन्ट बनाउँदैछ । वातावरणीय प्रभावको मूल्यांकन कसैले गर्न नपर्ने गरी धमाधम राज्यलाई नै अटेर गरेर फेवातालको सिरानमा रहेका डाँडाहरु खारिएका छन् । यसरी खारिएका डाँडाको माटोले धमाधम फेवाताल वरपरका सिमसार क्षेत्रहरु पुरिदैं प्लटिङ गर्ने र घडेरी बनाउने काम भईरहेको छ र पनि सम्बन्धित निकाय मौंन छ ।

यतिबेला फेवातालको किनारैंमा जोडेर टेबुल कुर्ची राख्ने र विभिन्न भौतिक संरचनाहरु निर्माण गर्ने कार्य एकदमैं बढिरहेको छ । फेवातालमात्र नभएर यो समस्याले बेगनास ताललाई पनि गाँजिरहेको छ । फेवातालको पानीको सतह भएको भागमा पर्खाल लगाएर ग्राहकका लागि टेबुल र कुर्ची थापेर व्यापार गर्ने कामको शुरुवात भने वैभव पौडेलको समूहले गरेको हो । फेवाताल पारी खोलिएको यस्तो रेष्टुरेण्ट र होटल अहिले विकृति भनेर चारैतिर फेलिएको छ ।
फेवातालमा सिधैं ढल मिसाउनेमा पोखराका पर्यटन व्यवसायीहरु एक नम्बरमा पर्छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडानका लागि एउटा डाँडो कटानका लागि राज्यले बर्षौंसम्म प्रकृया पुरा गरेर बल्ल काम थालेको छ तर फेवातालको नजिक रहेको डाँडो पर्यटन व्यवसायी भनिने विप्लव पौडेलले बिना अनुमति धमाधम काटिरहेका छन् । डाँडामा २/३ वटा डोजर नै राखेर उनले राजनीतिक शक्ति, पहुँच र पैसाको उन्मादमा ताण्डव देखाई रहेका छन् ।

जसलाई फेवातालको माया नै छैन । उनीहरु फेवातालको नारा सबैभन्दा बढि चर्को रुपमा लगाई रहेका हुन्छन् । कुनै रेष्टुरेण्ट, होटल र व्यवसाय नभएका पात्रहरु नै यतिबेला पर्यटन व्यवसायीका नेता र अगुवा भएका छन् । जसले गर्दा पोखराको पर्यटन क्षेत्रको अवस्था पनि कहालीलाग्दो छ । फेवाताल र प्राकृतिक स्रोत साधन बिना पोखराको पर्यटन असम्भव छ, तर यसको दोहनमा सबै बषौंदेखि लागिरहेका छन् । मापदण्ड उल्लंघन गर्ने, नीति र नियम मिचेर काम गर्नेहरु नै पोखराका अगुवा र समाजसेवी बनेको अवस्थामा यहाँका सार्वजनिक जमिन, प्राकृतिक स्रोत साधनको दोहनको अवस्था कस्तो छ भनिरहन नपर्ला ।

पोखराका मेयर मानबहादुर जिसीका हर्कतहरुले यतिबेला सम्पूर्ण सञ्चारमाध्यमहरु भरिएका छन् । मस्तिष्कघात भएर राम्रोसँग बोल्न र हिडडुल गर्न नसक्ने र अरुको सहारा चाहिने अवस्थामा पुगेका निवर्तमान मेयर जिसीका कर्तुतहरुले यतिबेला पोखरा तातिरहेको छ । मेयर जिसी विरामी परेपछि ज्वाईं राम भण्डारीले महानगरका धेरै काम हेर्दै आईरहेका थिए । नीति नियम नै मिचेर चोरबाटोबाट आफ्ना ज्वाई र उनको गिरोहलाई सार्वजनिक जमिन कौंडीको भाउमा बर्षौंका लागि दिन मेयर जिसी, उनका ज्वाई राम भण्डारी र सचिवालयका कर्मचारीले जसरी असफल खेल खेले, यसले लुटेराहरुको पहुँच र जनप्रतिनिधिहरुको नियतलाई उदाङ्गो बनाई दिएको छ ।

सार्वजनिक जमिनको रक्षा गर्ने दायित्व बोकेका जिम्मेवार व्यक्तिले नै आफ्नो कार्यकाल सकिनुभन्दा दुई दिन अघिमात्र राष्ट्रबैंकचोकमा रहेको पर्यटन बसपार्क र गल्फ ड्राइभिङ रेन्जको ४० रोपनी जग्गा २५ वर्षलाई ठेक्का दिने सम्झौता गर्नुले यहाँको अवस्था के छ भन्ने प्रष्ट पारेको छ । मेयर जिसी र उनका ज्वाई विष्णु भण्डारी र भण्डारीका गिरोहका छविलाल कुँवरको संलग्नतामा भएको यो ठेक्का प्रकरणले पोखराको सार्वजनिक सम्पत्तिको अवस्थालाई झल्काई रहेको छ । पोखरा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जमिन अतिक्रमणको चपेटामा परेर यो अवस्थामा पुग्दा पनि कसैको होश खुलेको छैन ।

पोखराको सार्वजनिक जमिन र प्राकृतिक स्रोत साधनको लुट मच्चाउनेहरुका विभिन्न राजनीतिक दलका भातृ संगठन, सामाजिक संघसंस्थाहरु अग्रभागमा देखिएका छन् । पोखरामा कति सार्वजनिक जमिन छ, कुन अवस्थामा छ र कसले कब्जा गरेको छ भन्ने तथ्याङ्क न त पोखरा उपत्यका नगर विकास समितिसँग छ, न त पोखरा महानगरपालिकासँग नैं छ । बेहिसाब सार्वजनिक जमिनको अतिक्रमण र लुट मच्चिई रहेको छ ।

पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेका ती जमिन सोही संस्थाको अध्यक्षसमेत रहेका मेयर जिसीकै हस्ताक्षरमा समितिको बैठकबेगर ठेक्का सम्झौता भएको तथ्य मिडियाहरुमा सार्वजनिक भईरहेको छ । मेयरका ज्वाईलाई चोरबाटोबाट दिइएको ठेक्कामा समितिका सदस्य प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत र बन कार्यालयका प्रमुख समेत बेखबर छन् । यो ठेक्का रद्द त अवश्य हुन्छ नै तर पनि कतिसम्म सेटिङमा राज्यको दोहन हुन्छ भन्ने तथ्य यसले उजागर गरेको छ ।

मेयरका ज्वाई भण्डारीलाई सहरी विकास मन्त्रालयले ७ करोड ५० लाख रुपैयाँ लगानी गरेर बनाएको पर्यटन बसपार्क पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण नगर्दै भाडामा दिइएको छ । करिब १८ रोपनी क्षेत्रफलमा फैलिएको यो पर्यटन बसपार्क १ लाख ७५ हजार रुपैयाँमा १० बर्षका लागि भाडामा अवैध तरिकाले दिइएको हो । मेयर जिसी कैं सरकारी निवासमा गरिएको यो जालझेलमा गल्फ कोर्सको जग्गा मासिक २ लाख ७२ हजार रुपैयाँ भाडा तिर्ने गरी २५ वर्षका लागि दिइएको छ ।

मेयर जिसीले यतिमात्र नभएर यातायात व्यवस्था कार्यालय नजिकैको ५ रोपनी जग्गा सोही दिन अर्को समूहलाई ठेक्का दिइएको तथ्य उजागर भएको छ । मासिक र १ लख ३५ हजार रुपैयाँ तिर्ने गरी राइजिङ कन्ट्रक्सन प्रालिलाई उक्त जग्गा भाडामा दिइएको पाईएको छ । जब कि यो नियम विपरित गरिएको सम्झौंता कार्यान्वयन हुन उत्तिकै मुस्किल पर्नेछ ।

जनतासँग विभिन्न घटनामा रकम वार्गेनिङ गर्ने गिरोह र त्यसको चुरीफुरी महानगरपालिका भित्र हेरिसाध्य छैन । त्यसो त भर्खरै नवनिर्वाचित भएर गएका मेयर धनराज आचार्य पनि एक कर्मचारी नारायण शर्माको जन्मदिन मनाउने क्रममा विवादमा मुछिएका थिए । एउटा कर्मचारीको जन्मदिनमा काटिएको केकमा पोखरा महानगरपालिकाको लोगो समेत राखेको पाईए पछि पोखरेलीहरुले त्यसको व्यापक विरोध गरेका थिए ।

यतिमात्र होइन, मेयरका हर्कतहरुसँगैं पोखरा महानगरपालिका भित्रै कर्मचारीहरुको पनि यस्तै खालको सेटिङ र रजाई चल्ने गर्दछ । कर्मचारीहरुले कतिसम्म गर्छन् भन्ने तथ्य यस अघि पनि उजागर भईसकेका छन् । जनतासँग लिइएको करको कम्प्युटरमा राखिएको रेकर्ड नै हेरफेर गरेर जनतालाई प्रिन्ट गरेर दिने बेलामा एउटा र साँझ पुनः थपघट गरेर अर्कै बनाउँदै लुट्दै गरेका तथ्यहरु पनि नौंला भने होइनन् । जनतासँग विभिन्न घटनामा रकम वार्गेनिङ गर्ने गिरोह र त्यसको चुरीफुरी महानगरपालिका भित्र हेरिसाध्य छैन । त्यसो त भर्खरै नवनिर्वाचित भएर गएका मेयर धनराज आचार्य पनि एक कर्मचारी नारायण शर्माको जन्मदिन मनाउने क्रममा विवादमा मुछिएका थिए । एउटा कर्मचारीको जन्मदिनमा काटिएको केकमा पोखरा महानगरपालिकाको लोगो समेत राखेको पाईए पछि पोखरेलीहरुले त्यसको व्यापक विरोध गरेका थिए ।

पोखराको सार्वजनिक जमिन र प्राकृतिक स्रोत साधनको लुट मच्चाउनेहरुका विभिन्न राजनीतिक दलका भातृ संगठन, सामाजिक संघसंस्थाहरु अग्रभागमा देखिएका छन् । पोखरामा कति सार्वजनिक जमिन छ, कुन अवस्थामा छ र कसले कब्जा गरेको छ भन्ने तथ्याङ्क न त पोखरा उपत्यका नगर विकास समितिसँग छ, न त पोखरा महानगरपालिकासँग नैं छ । बेहिसाब सार्वजनिक जमिनको अतिक्रमण र लुट मच्चिई रहेको छ ।

पोखराको सन्दर्भमा भन्नुपर्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृ संगठनहरुले बजारको मुख्य भागको जमिन नै कब्जा गरेर मजदुर संगठनदेखि सटरहरु भाडामा लगाएर दोहन गर्दै आईरहेका छन् । सहारा क्लबदेखि विभिन्न युवा क्लबले पनि लुट मच्चाई रहेका छन् । त्यतिमात्र नभएर लायन्स क्लबका नाममा खोलामाथि भवन बनाएर सटर भाडामा लगाई लाखौं रुपैयाँ प्रत्येक महिना उठाउने काम भईरहेको छ ।

पोखराको सन्दर्भमा भन्नुपर्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भातृ संगठनहरुले बजारको मुख्य भागको जमिन नै कब्जा गरेर मजदुर संगठनदेखि सटरहरु भाडामा लगाएर दोहन गर्दै आईरहेका छन् । सहारा क्लबदेखि विभिन्न युवा क्लबले पनि लुट मच्चाई रहेका छन् । त्यतिमात्र नभएर लायन्स क्लबका नाममा खोलामाथि भवन बनाएर सटर भाडामा लगाई लाखौं रुपैयाँ प्रत्येक महिना उठाउने काम भईरहेको छ । यहाँका मठमन्दिर र सम्पदाहरुको संरक्षणमा पनि सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन । भएका मठमन्दिरहरुको जमिन अतिक्रमणको चपेटामा परेको छ । केही मठमन्दिरलाई सीमित व्यक्ति र व्यापारीले आफ्नो शक्ति केन्द्रका रुपमा प्रयोग गर्दै आईरहेका छन् ।

सार्वजनिक जमिन, प्राकृतिक स्रोत साधनको दोहनलाई नियन्त्रण गर्न नवनिर्वाचित मेयर धनराज आचार्यलाई फलामको चिउरा सावित हुने निश्चित छ । तर कुनै पनि गिरोह, महानगरपालिका कैं कर्मचारीको जालोमा नपरी काम गर्ने हो भने यसको संरक्षणमा ठोस पहल गर्न अवश्य सकिनेछ । हेरौं, नवनिर्वाचित मेयर धनराज आचार्य पोखराको सार्वजनिक जमिन र प्राकृतिक सम्पदाको रक्षामा अब्बल ठहरिने छन् कि उहीँ मेयर जिसी कैं पथमा हिड्नेछन्, त्यो समयले नै देखाउने छ ।

डनन्यूज ट्रेन्डिङ