News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ, डिजेल र मट्टितेलको १९२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ । बढेको मूल्य आइतबार राति १२ बजेदेिख लागू हुनेछ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँ वृद्धि गरेको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ । बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ र नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको छ । निगमका अनुसार प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१.१४ रूपैयाँ घाटा छ । ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ पर्दछ ।

पछिल्लो १५ दिनमा मात्र निगमलाई करिब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा भएको जनाइएको छ । असार २ गते इन्डियन आयल कर्पोरेसनले तेलको बढेको मूल्य पठाएको थियो । ‘निगमलाई मासिक रूपमा अझै करिब ४ अर्ब ७० करोड घाटा नै रही असार मसान्तसम्मा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति देखिएको छ,’ आइतबार राति नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर मूल्य वृद्धि गरेको विज्ञप्तिमा उल्लेख गरको छ । आइओसीले असार २ गते पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रूपैयाँ र डिजेल १९.०३ रूपैयाँ बढेको छ। योसँगै आफ्नो खरिद लागत पेट्रोलमा प्रतिलिटर २१२.५८ रूपैयाँ र डिजेलको २०५.९५ रूपैयाँ पुगेको निगमको भनाई छ । हवाइ इन्धनमा पनि आइओसीले लिटरको १९.९१ रूपैयाँ बढाएर पठाएको छ ।

डनन्यूज ट्रेन्डिङ