News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया नजिक’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको तथ्य सार्वजनिक गरेका छन् ।

आज आईतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पूर्व माओवादीहरुको नयाँ एकताको श्रृंखला नजिकिएको बताएका हुन् । उनले अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले संघीय निजामति ऐन सदनको समितिबाट पारित गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएको तर कर्मचारीतन्त्रको उच्च पदाधिकारीहरुबाट नै व्यवधान भइरहेकोमा आक्रोश व्यक्त गरे । अध्यक्ष प्रचण्डले गठबन्धनको बैठकमा निजामित ऐन र वृत्तिविकाससँग सम्बन्धित नयाँ प्रक्रियाको बारेमा कुरा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ