News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवीजङ्ग विजयी

१, २, ३, ५ र ११ वडामा कांग्रेस, ४, ६, ८ र ९ वडामा एमाले र ७, १२ वडामा माओवादी विजयी

पोखरा, ३ जेठ । कास्की जिल्लाको मादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङ विजयी भएका छन् । ९ सय ३४ मतका साथ नेकपा एमालेका शिवबहादुर गुरुङलाई देवीजङ्गले हराएका हुन् । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गुरुङलाई हराउँदै एमालेकी कल्पना गुरुङ विजयी भएकी छिन् ।

एमालेकी कल्पनाले ५हजार ८ सय २८ र गठबन्धनका लालबहादुरले ५ हजार ६ सय १६ मत ल्याएका थिए । मादी गाउँपालिकाको १, २, ३, ५ , १० र ११ नम्बर वडा नेपाली कांग्रेस, ४, ६, ८ र ९ वडामा नेकपा एमाले र ७ र १२ वडामा नेकपा माओवादी विजयी भएको छ । कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिका नेकपा एमाले र माछापुच्छ्रे एवं मादी गाउँपालिकाको प्रमुखमा कांग्रेसले जितेको छ ।