
१कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
२उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
३गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
४कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
७पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१०सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
११२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१२मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
काठमाडौँ, १४ वैशाख । चुनावमा जाने कि नजाने विषयमा चर्किएको विवादले अन्नतः नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दुई टुक्रा भएको छ । पार्टी सचिवालय सदस्यहरु हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज कारवाही गरेसँगै यो परिस्थिति सिर्जना भएको हो ।
एक सञ्चारमाध्यममा गत वैशाख ७ गते अन्तर्वार्ता दिदैं नेता वलीले पार्टी लगभग विघटन भईसकेको र महासचिव विप्लवले कारवाही गरे आफ्नो बाटो लाग्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । एकीकृत जनक्रान्ति भन्दै १२ जनाको सहादत भईसकेको नेकपा भित्र चुनावको विपक्षमा बहुमत भएपनि महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को समूहले चोर बाटोबाट चुनावमा सहभागी भए पछि विवाद चुलिएको थियो ।
प्रष्ट रुपमा पार्टीको केन्द्रीय समितिको बैठकले स्थानीय तहको निर्वाचन उपयोग नगर्ने निर्णय गरेको थियो । तर त्यसको एक हप्ता पनि बित्न नपाउँदै महासचिव विप्लवको निर्देशनमा नै सचिवालय सदस्यसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड निर्वाचन आयोग पुगेका थिए । उनले निर्वाचनको मिति सार्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्रीसम्मलाई गुहारेका थिए ।
केन्द्रीय समितिको निर्णयलाई लत्याउँदै चुनावमा होमिएका विप्लवले उल्टै वली र बाँस्तोलालाई पार्टी गतिविधि विरुद्ध लागेको भन्दै आज जिम्मेवारी मुक्त गरेका हुन् । विप्लवले दुवैलाई जिम्मेवारी मुक्त गर्नुको कारण अराजक अन्तर्वार्ता दिएको, गुटबन्दी गरेको, पार्टीका मूल्यमान्यता भत्काएको आरोप लगाएका छन् । आफूले देखाएको संयमता र उदारतालाई कमजोरी ठान्ने काम वली र बास्तोलाबाट भएको विप्लवको भनाइ छ ।
यस अघि नेता बास्तोलाले पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकालाई फिर्ता हुन विज्ञप्ति जारी गरेका थिए । पार्टी सचिवालयको तर्फबाट त्यसरी विज्ञप्ति जारी गरेकोमा चन्द झन् चिढिएका थिए । उनले विज्ञप्तिमा त्यसबारे लेखेका छन्, ’तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रूपमा पकडेर आज सचिवालय सदस्य कञ्चन (बास्तोला)ले कुनै सम्पर्क नै नगरी सचिवालयको सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने नभए कारबाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो ।’
चन्दले पार्टीभित्र वली र बास्तोलासँगको विवादको ‘चुरोकुरा’ संगठनात्मक र आर्थिक मामिलामा कुरा नमिलेका र संघर्ष भएका विषय भएको उल्लेख गरेका छन् । वली पक्राउ पर्नुको कारण पार्टीको सुझाव विपरीत नजिक राखेका मान्छे भएको भन्ने पनि चन्दको विज्ञप्तिमा उल्लेख छ । नेता बास्तोलाले केन्द्रीय समितिको बैठकमा प्रस्ताव असफल गराएको बदलामा चन्दले जिम्मेवारीमुक्त गराएको बताएका छन् । आफूहरूलाई महासचिव चन्दले जिम्मेवारी मुक्त गरेको विज्ञप्तिमा पढेको र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गरिरहेको बास्तोलाले सञ्चारमाध्यमलाई बताएका छन् ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या