
१राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर प्रमुख
२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
३लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
४माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
५रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
६प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
७रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
८रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
११सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
काठमाडौँ, १४ वैशाख । चुनावमा जाने कि नजाने विषयमा चर्किएको विवादले अन्नतः नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दुई टुक्रा भएको छ । पार्टी सचिवालय सदस्यहरु हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज कारवाही गरेसँगै यो परिस्थिति सिर्जना भएको हो ।
एक सञ्चारमाध्यममा गत वैशाख ७ गते अन्तर्वार्ता दिदैं नेता वलीले पार्टी लगभग विघटन भईसकेको र महासचिव विप्लवले कारवाही गरे आफ्नो बाटो लाग्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । एकीकृत जनक्रान्ति भन्दै १२ जनाको सहादत भईसकेको नेकपा भित्र चुनावको विपक्षमा बहुमत भएपनि महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को समूहले चोर बाटोबाट चुनावमा सहभागी भए पछि विवाद चुलिएको थियो ।
प्रष्ट रुपमा पार्टीको केन्द्रीय समितिको बैठकले स्थानीय तहको निर्वाचन उपयोग नगर्ने निर्णय गरेको थियो । तर त्यसको एक हप्ता पनि बित्न नपाउँदै महासचिव विप्लवको निर्देशनमा नै सचिवालय सदस्यसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड निर्वाचन आयोग पुगेका थिए । उनले निर्वाचनको मिति सार्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्रीसम्मलाई गुहारेका थिए ।
केन्द्रीय समितिको निर्णयलाई लत्याउँदै चुनावमा होमिएका विप्लवले उल्टै वली र बाँस्तोलालाई पार्टी गतिविधि विरुद्ध लागेको भन्दै आज जिम्मेवारी मुक्त गरेका हुन् । विप्लवले दुवैलाई जिम्मेवारी मुक्त गर्नुको कारण अराजक अन्तर्वार्ता दिएको, गुटबन्दी गरेको, पार्टीका मूल्यमान्यता भत्काएको आरोप लगाएका छन् । आफूले देखाएको संयमता र उदारतालाई कमजोरी ठान्ने काम वली र बास्तोलाबाट भएको विप्लवको भनाइ छ ।
यस अघि नेता बास्तोलाले पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकालाई फिर्ता हुन विज्ञप्ति जारी गरेका थिए । पार्टी सचिवालयको तर्फबाट त्यसरी विज्ञप्ति जारी गरेकोमा चन्द झन् चिढिएका थिए । उनले विज्ञप्तिमा त्यसबारे लेखेका छन्, ’तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रूपमा पकडेर आज सचिवालय सदस्य कञ्चन (बास्तोला)ले कुनै सम्पर्क नै नगरी सचिवालयको सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने नभए कारबाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो ।’
चन्दले पार्टीभित्र वली र बास्तोलासँगको विवादको ‘चुरोकुरा’ संगठनात्मक र आर्थिक मामिलामा कुरा नमिलेका र संघर्ष भएका विषय भएको उल्लेख गरेका छन् । वली पक्राउ पर्नुको कारण पार्टीको सुझाव विपरीत नजिक राखेका मान्छे भएको भन्ने पनि चन्दको विज्ञप्तिमा उल्लेख छ । नेता बास्तोलाले केन्द्रीय समितिको बैठकमा प्रस्ताव असफल गराएको बदलामा चन्दले जिम्मेवारीमुक्त गराएको बताएका छन् । आफूहरूलाई महासचिव चन्दले जिम्मेवारी मुक्त गरेको विज्ञप्तिमा पढेको र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गरिरहेको बास्तोलाले सञ्चारमाध्यमलाई बताएका छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए