
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
रोल्पा । स्थानीय तह चुनावका लागि रोल्पामा सत्तारुढ दलहरु भागबन्डा मिलाउन र उम्मेदवार छान्न व्यस्त छन् । तर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भने अरु दलभन्दा एक कदम अघि बढेर उम्मेदवार घोषणा गर्दै चुनाव प्रचारमा लागि सकेको छ ।
नेकपाका केन्द्रीय नेताहरु नै चुनावी तयारीका लागि रोल्पामा छन् र उनीहरुले प्रशिक्षण, घरदैलो कार्यक्रम गरिरहेका छन् । देशभक्त, सच्चा गणतन्त्रवादी र एमसीसी विरोधीलाई जिताउने लक्ष्यसहित चुनावमा होमिएको नेकपाका नेताहरुले बताउने गरेका छन् ।
‘कतिपय हाम्रा आफ्नै उमेदवार त कतिपय ठाउँमा देशभक्त शक्ति वा स्वतन्त्र व्यक्तिलाई समर्थन गर्छौं’, नेकपाका केन्द्रीय सदस्य एवम् रोल्पा इन्चार्ज केशवबहादुर वाँठामगरले भने, ‘केही दिनअघि सम्पन्न जिल्ला कार्यसमितिको वैठकले उमेदवार छनौटका लागि जनतासम्म जाने निर्णय गरेको थियो, सोही अनुसार जनतासम्म पुग्यौं अव अर्को वैठकवाट उमेदवारको टुंगो लाग्छ ।’
विप्लव नेतृत्वको नेकपाको तयारीले रोल्पाको चुनाव रोचक बन्ने देखिन्छ । रोल्पालाई नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिन्छ । शान्ति प्रक्रियापछि भएका सबै निर्वाचनमा एकलौटी जित हात पार्दै आएको माओवादीले रोल्पालाई आधारक्षेत्र मान्ने गर्छ । पछिल्लो पटक २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा १० मध्ये ७ स्थानीय तह जितेको उसले प्रदेश सभाका दुई र प्रतिनिधिसभाको चुनावसमेत जितेको थियो ।
रोल्पामा एक्लै राज गरेको नेकपा माओवादी केन्द्रलाई स्थानीय तह निर्वाचनमा भने आफैंबाट फुटेर गएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चुनौती बनेको छ ।
रोल्पामा स्वतन्त्र उमेदवारी दिएर चुनाव लड्ने विप्लव समूहको तयारीले चुनावी महौल तताएको नेपाली कांग्रेसका नेता एवम पूर्व सांसद लेखनाथ आचार्यको अनुभव छ । ‘ऊसँग जित्ने मत नभए पनि हराउने एथेष्ट मत छ’, कांग्रेस नेता आचार्यले भने ।
केन्द्रीय नेताको सक्रियता
नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य चुडामणि वली, अमर झाँक्रीलगायतका नेताहरु चुनावी अभियानलाई सघाउन रोल्पामा छन ।
चुनाव केन्द्रित प्रशिक्षणका लागि रोल्पा आएका बुढामगरले आइतबार थवाङका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । त्यसअघि उनले रोल्पाको सुलीचौरमा सुनिलस्मृति, सुनछहरी र लुंग्री गाउँपालिकाका अगुवा कार्यकर्तालाई त्यस्तै खालको प्रशिक्षण दिएका थिए ।
विप्लव समूहको सांस्कृतिक मोर्चा सामना सांस्कृतिक परिवारको केन्द्रीय टोली पनि अहिले रोल्पामा छ । उसले रोल्पाका विभिन्न भूभागमा चुनाव केन्द्रित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नेकपाले रोल्पाका सबै स्थानीय तहमा उम्मेदवार उठाउने बताएको छ । नेकपा केन्द्रीय सदस्य चुडामणि वलीले गंगादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने भनेर भोट मागिरहेका छन् ।
सुनछहरी गाउँपालिकाको अध्यक्षमा अमर झाँक्री र माडी गाउँपालिकाको अध्यक्षमा केन्द्रीय सदस्य केशबहादुर वाँठामगर, थवाङ गाउँपालिकामा रोल्पाका पूर्वा जिल्ला इन्चार्ज जयप्रकाश रोका उम्मेदवार बन्ने तयारी छ ।
त्रिवेणी गाउँपालिका अध्यक्षमा वेदबहादुर वुढा र सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापाको चर्चा छ । नेकपा निर्वाचन आयोगमा दर्ता नभएकाले उनीहरु सबै स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्ने छन् । नेकपाले सबै वडामा पनि उम्मेदवार उठाउने तयारी गरेको छ र सम्भावित उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् ।
विप्लवको सक्रियताको असर
विप्लव नेतृत्वको नेकपाले स्वतन्त्र उमेदवारी दिने भएपछि यसको प्रत्यक्ष असर भने नेकपा माओवादी केन्द्रलाई पर्ने देखिन्छ । थवाङ गाउँपालिका, गंगादेव गाउँपालिका र सुनछहरी गाउँपालिकामा माओवादीलाई प्रत्यक्ष प्रभाव पर्ने रोल्पाका राजनीतिकर्मीहरु बताउँछन् ।
यी तीन वटै स्थानीय तह २०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेको थियो । विप्लव समूहको उम्मेदवारीसँगै सुनिलस्मृति गाउँपालिका, परिवर्तन गाउँपालिका र त्रिवेणी गाउँपालिकाको राजनैतिक सन्तुलनमा समेत प्रभाव पर्ने आकलन छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा बहिष्कारको नीति अवलम्वन गरेको नेकपाका कार्यकर्ताले त्यतिबेला पनि रोल्पाका केही स्थानीय तहमा स्वतन्त्र उमेदवारी दिएका थिए । उनीहरुले थवाङ गाउँपालिकाको अध्यक्षसहित ६ वटा वडामा स्वतन्त्र उम्मेदवारी दिएकोमा वडा नं। १ मा सवै सेट जितेका थिए ।
थवाङमा नेपाली कांग्रेससँग गठबन्धन गरेर गाउँपालिका अध्यक्षमा नेकपाबाट ९स्वतन्त्रको हैसियतमा० अमित घर्तीमगर र नेपाली कांग्रेसवाट उपाध्यक्षमा श्रीकुमारी रोकामगरले उमेदवारी दिएका थिए । तर उनीहरु नेकपा माओवादी केन्द्रसँग पराजित भए । -अनलाइन खबर डटकम
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो