News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पोखराको मेयर बन्न कांग्रेसबाट १८ र उपमेयरमा १० जनाको आवेदन

पोखरा महानगरपालिकाको उपमेयरका लागि नेपाली कांग्रेसबाट आफ्नो नाम दर्ता गराउँदै महिला नेतृ लक्ष्मी पाण्डे ।

पोखरा, ४ वैशाख । नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि १८ र उपमेयरका लागि १० जनाको आवदेन परेको छ । कांग्रेसको पोखरा महानगर समितिमा मेयर र उपमेयरका आकांक्षीहरुले आज आवेदन दिएका हुन् ।

महानगर प्रमुखको उम्मेदवारका लागि आवेदन दिनेहरुमा बाबुराम आचार्य, किशोरदत्त बराल, कृष्णबहादुर केसी, विन्दुकुमार थापा, किरण केसी, गंगाधर पराजुली, गणेशबहादुर भट्टराई, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, सुदीपमोहन भट्टराई, नन्दप्रसाद तिवारी, निर्मलप्रसाद कर्मचार्य, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, सरस्वती गुरुङ, कोपिला रानाभाट, विश्व घिमिरे र ऋषि सापकोटा रहेका छन् ।

त्यसैगरी, महानगर उपप्रमुखको उम्मेदवारका लागि १० जनाले आवेदन दिएका छन् । जसमा  लक्ष्मी पाण्डे क्षेत्री, माया बराल कार्की क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली रहेका छन् ।

कांग्रेसबाट महानगर प्रमुख बन्न आकांक्षीले २५ हजार उपप्रमुख आकांक्षीले २० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका हुन् । धेरैजनाले आकांक्षी नहुन् भनेर महानगर समितिले नाम दर्ताका लागि चर्को शुल्क तोकेको हो ।

प्रतिक्रिया