
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
पोखरा, ४ वैशाख । नेकपा माओवादी केन्द्रले तनहुँको शुक्लागण्डकीको मेयर पदका लागि पूर्वमन्त्री आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ । नगर कमिटीको शनिबार बसेको बैठकले प्रदेश सांसदसमेत रहेकी पूर्वमन्त्री कोइरालालाई मेयर बनाउने निर्णय गरेको कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिएका छन् ।
‘पूर्वमन्त्री कोइरालालाई एक्लो उमेदवारका रुपमा मेयरमा प्रस्ताव गर्ने निर्णय भएको छ,’ अध्यक्ष गुरुङले भने-‘अघिल्लो स्थानीय चुनावमा शुक्लागण्डकीमा माओवादीको समर्थनमा कांग्रेसले जितेको हो, अहिले त्यसैको पैंचो तिर्नुपर्नेछ ।’ शुक्लागण्डकीमा हाल कांग्रेसका किसान गुरुङ मेयर छन् ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी तनहुँ क्षेत्र नं २ (क) बाट सांसद चुनिएकी कोइरालाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।
माओवादीले आफूले पाउने दाबी गरे पनि शुक्लागण्डकीको मेयरमा गठबन्धन दलका सबैको आ-आफ्नै दाबी छ । शनिबारमात्रै गठबन्धन घटक नेकपा एकीकृत समाजवादीले पनि केन्द्रीय सदस्य चित्रबहादुर थापालाई मेयर बनाउने निर्णय गरेको छ ।
त्यस्तै, हाल नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि आफ्नो दाबी छोडेको छैन । कांग्रेसबाट ११ जना मेयर आकांक्षी छन् । कांग्रेसबाट हालका मेयर किसान गुरुङ, कृष्णराज पण्डित, महेश्वर भट्टराई, प्रा.डा. कृष्णप्रसाद गौतम, भक्तबहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खिमराज अधिकारी, श्रीराम सुवेदी, हरि वाग्ले र माधव भट्टराईले मेयरका लागि कांग्रेसबाट सिफारिस भएका छन् ।
त्यस्तै, नेकपा एमालेबाट मतदानबाट शुक्लागण्डकीको मेयरका लागि ३ जना सिफारिस भएका छन् । एमालेबाट हालकी उपमेयर सविका रसाइली, मुक्ति तिमिल्सिना र श्यामराज महत मतदानबाट मेयर पदका लागि सिफारिस भएका हुन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई