
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
पोखरा, २९ चैत । नेपाली कांग्रेसका पूर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा पोखरा महानगरपालिकाको मेयर नछोड्न दवाव दिनका लागि कास्कीका नेताहरु यतिबेला काठमाडौं पुगेका छन् । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दावी गरेपछि कांग्रेसी नेताहरु डेलिगेसनका लागि काठमाडौं गएका हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुलाई भेटेर पोखरा महानगरपालिकाको मेयर कुनै पनि हालतमा छोड्न नसकिने अडान राख्नेछ । पूर्वमन्त्री थापाले भने–‘पोखरामा कांग्रेस एकदमैं बलियो छ । यस्तो अवस्थामा अरुलाई जिताउनु भनेको सुसाईड जस्तै हो । अरु पदमा सहमति गर्न सकिन्छ, मेयर छोड्न सकिदैंन ।’
सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले कांग्रेसलाई ३ महानगर लिएर गठबन्धनका अरु दलका लागि ३ वटा छाड्न प्रस्ताव गरेका छन् । काठमाडौं, विराटनगर र ललितपुर लिन प्रस्ताव गरेका उनीहरुले भरतपुर माओवादीले, वीरगञ्ज जसपाले र पोखरा एकीकृत समाजवादीले लिन खोजेका छन् ।
कास्कीका ३ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका साथै ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रलाई पोखरा महानगरले छोएको छ । पोखराका ११÷११ वटा वडा तीन वटा प्रतिनिधि सभाको क्षेत्रमा पर्छ । ‘मेयर गुमायौं भने प्रदेश र केन्द्रको चुनावमा पनि असर गर्छ’ पूर्वमन्त्री थापाले भने, ‘यो कुरा नेताहरुले बुझ्नुप¥यो नि !’
पोखराको मेयर आफूहरुले लिएर अरु पदमा छलफल गर्न सकिने भन्दै कास्कीका कांग्रेस नेताहरुले अडान लिदैं आएका छन् । जसले गर्दा यहाँ सत्तारुढ गठबन्धनका दलहरुबीच पटक–पटक वार्ता भएपनि सहमति हुन सकिरहेको छैन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरामा आएको बेलामा समेत यहाँका नेताहरुले कुनै पनि हालतमा मेयर छोड्न नसकिने बताएका थिए ।
एमालेका मेयर मानबहादुर जिसीले आफैंले सार्वजनिक गरेको घोषणापत्र अनुसारको काम गर्न नसक्नु, शुरुवात गरिएका काम र अभियान असफल हुनु, भ्रष्टाचारमा महानगरपालिका लिप्त हुनु, सयौंको संख्यामा रहेका एमाले कार्यकर्ताले राज्यको ढुकुटी दोहन गर्दा समेत महानगरपालिका मुकदर्शक हुनु लगायतका घटनाहरुले गर्दा यतिबेला पोखरामा एमालेको जनाधार कमजोर देखिएको छ ।
‘मेयर कांग्रेसले पाउनुपर्छ । अरु पदमा भने छलफल गरेर हामी लचिलो हुन तयार छौं,’ मन्त्री थापाले भने, ‘३/३ (महानगरपालिका) बाँड्ने नेताहरु बीच कुरा भएको सुनेका छौं । त्यसो हुँदा पोखरा अरुलाई दिने हो कि भन्ने शंका लागेर काठमाडौं जान लागेका छौं ।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई